आँपलाई बजारीकरण गर्न मधेशमा पहिलो पटक महोत्सव

[mashshare]
– वीरेन्द्र रमण

तराई मधेशमा फलहरुको राजाको रुपमा आँपलाई चिनिने गरिएको छ । आँपको ठाउँ र नाम अनुसारले स्वाद समेत फरक फरक हुने गरेको छ । तराई मधेशको विभिन्न स्थानहरुमा अत्याधिक आँप खेती हुँदै आएका छन् । आँप एउटा लोकप्रिय फल हो, जुन विशेष गरी गर्मीयाममा पाईन्छ । यो स्वादिष्ट, रसिलो र पौष्टिक फल हो । आँपको विभिन्न प्रकारका प्रजातिहरू छन्, जसमा केसर, अल्फान्सो, दशहरी, लंगडा, बम्बई, चौसा आदि प्रमुख हुन् । तर तराई मधेशमा भने आँपको नाम स्वाद अनुसारले नै फरक फरक रुपमा राखिएको छ । तराई मधेशमा भने आँपको विभिन्न प्रकारहरु पाइन्छ । अहिले त रहेक महिना आँप फल्ने समेत गरिएको छ ।

आयुर्वेदका अनुसार, आँपको पाँचै अंग अर्थात छाला, जरा, पात, फल, फूल सबै काममा आउँछन् । पाकेको आँप गुलियो, वीर्य बढाउने, पौष्टिक, वायुनाशक, शरीरको कान्ति बढाउने, शीतल, पित्तनाशी, भोक बढाउने मानिन्छ । यसले मुटुलाई बलियो बनाउनुको साथै पित्तलाई नियन्त्रणमा ल्याउने समेत मानिन्छ । आँपको रस भने बल दिने, वायुनाशक, मुटुलाई तृप्त गर्ने र कफवद्र्धक मानिन्छ । तराई मधेशमा आँप फरक फरक वर्ष अनुसार फरक फरक रुपमा फल्ने गरिएको कारणले गर्दा समेत कहिले बढने त कहिले घटने गरिएको छ । विशेष गरेर तराई मधेशको जिल्लाहरु मध्ये धनुषा, सिरहा, महोत्तरी र सप्तरीमा अत्याधिक आँप उत्पादन हुन्छ । अन्य जिल्लाहरुमा समेत आँप उत्पादन हुने गरिए पनि सबै भन्दा बढि यीनै जिल्लाहरुमा हुने गरिएको छ । सरकारले तराई मधेशको केही जिल्लाको केही जिल्लाको केही क्षेत्रलाई पकेट क्षेत्रको रुपमा समेत घोषणा गरिएको छ । जस अनुसार सरकारले यस क्षेत्रमा आँप खेतीको प्रवद्र्धन गर्न विभिन्न खालको योजना र सहयोग समेत गर्दै आएको छ । तर जुन रुपमा आँप खेतीको प्रवद्र्धन हुनुपर्ने हो त्यसमा केही ठाउँमा समस्या आईरहेको छ ।

आर्थिक वर्ष २०७७÷७८मा ३,१६,१६१ मेट्रिक टन उत्पादन भएको थियो भने २०७८÷७९मा ३,१८, ६२२ मेट्रिक टन २०७९÷८० मा २,३५,३७४ मेट्रिक टन उत्पादन भएको थियो । तराई मधेशमा आँपको उत्पादन र खेतीको समेत निकै सम्भावना रहेको छ । यसकारणले समेत किसानहरुलाई धेरै लाभहरु भएका छन् । आँप उष्ण प्रदेशीय सदाबहार बहुवर्षीय फलफूल बाली हो । भौगोलिक अवस्था अनुसार समुन्द्र सतहदेखि २००–६०० मिटरसम्मको उचाईमा व्यवसायिक रुपमा आँप खेती गर्न सकिन्छ । नेपालमा यसको खेती उष्ण तथा उपोष्ण हावापानी भएको क्षेत्रमा राम्रो हुन्छ । यसले तुषारो र सुख्खा सहन सक्दैन । जाडो र बसन्त ऋतुमा तुषारो पर्ने ठाउँ आँप बगैचा बनाउन उपयुक्त हुँदैन ।

वार्षिक औषत वर्षा १५०० –१८०० मि.मी (२५० से.मी.) र तापक्रम २०–३० डि से हुने ठाँउमा यसको खेती राम्रोसँग गर्न सकिन्छ । जाडो महिनामा १० डि से र गर्मी महिनामा ४२ डि से सम्म हुने क्षेत्रहरुमा खेती गर्न सकिन्छ । तर कुनैकुनै पकेट क्षेत्रमा पाईने विशेष किसिमको सुक्ष्म जलवायुको कारणले गर्दा यो २००–६०० मी भन्दा तल वा माथि पनि खेती गर्न सकिन्छ । एउटै बिरुवाले कयौं दशकसम्म (३०–४० वर्ष) फल दिने हुनाले यसको लागि दीर्घकालीन सोच र सावधानीपूर्ण योजना बनाउनु पर्दछ । तसर्थ व्यवसायिक रूपमा खेती गर्दा निम्न पक्षहरुमा ध्यान दिनु आवश्यक हुन्छ । पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फास्फोरस, फलाम, भिटामिन ‘ए’, ‘सी’, ‘बी’ लगायत हुन्छ । पाकेको आँप पोषक, शक्तिवद्र्धक र बोसो बढाउने खालको मानिन्छ । आँपको मुख्य घटक सर्करा हो जो विभिन्न फलमा ११ देखि २० प्रतिशतसम्म विद्यमान रहन्छ । यसमा पाइने मुख्यतः चिनी आँपको खान योग्य खण्डको ६.७८ देखि १६.९९ प्रतिशतसम्म हुन्छ । ग्लुकोज र अन्य सर्करा भने १.५३ देखि ६.१४ प्रतिशतसम्म हुन्छ । यसमा टार्टरिक र मेलिक अम्लसमेत पाइन्छ । साइट्रिक अम्ल भने अल्प मात्रामा रहन्छ । यो अम्लको शरीरद्वारा उपयोग गरिन्छ र यो शरीरमा क्षारीय सञ्चय कायम राख्नमा सहयोगी हुन्छन् । आँपको अन्य घटकमा प्रोटिन ९.६, बोसो ०.१, खनिज पदार्थ ०.३, रेसा १.१, फास्फोरस ०.०२, र फालम ०.३ प्रतिशत रहन्छ । करिब ८६ प्रतिशत नमीको मात्रा रहने आँपको एक सय ग्राममा औसत ऊर्जा करिब ९० क्यालोरीसम्म हुन्छ । आँप स्वाथ्यको लागि समेत लाभप्रद मानिन्छ । आँपमा भिटामिन ए, भिटामिन सी, भिटामिन ई, फाइबर, एन्टीअक्सिडेन्ट, र पोटासियम जस्ता महत्वपूर्ण पोषक तत्वहरू पाइन्छन् ।

आँपले पाचन प्रणालीलाई सुदृढ बनाउँछ, छालाको स्वास्थ्य सुधार गर्दछ, आँखाको दृष्टि राम्रो बनाउँछ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, र मुटुको स्वास्थ्यलाई पनि लाभ पुर्याउँछ । प्रयोगः आँपलाई ताजा फलको रूपमा खान सकिन्छ । साथै, यसको जुस, स्मूदी, अचार, चटनी, र विभिन्न मिठाइहरू बनाउन पनि प्रयोग गरिन्छ । तर आँप खेतीमा सरकारी लगानीको आभाव देखिएको भने किसानहरुलाई उचित रुपमा आम्दानी समेत नहुने भएपछि यसलाई बजारीकरण गर्नको लागि मधेशमा पहिलो पटक आँप महोत्सवको आयोजना गरिएको छ । धनुषाको बटेश्वर गाउँपालिका १ को चित्रपुरमा आयोजना गरिएको महोत्सव आँप बगैचामा आयोजना गरिएको थियो । जहा आउने अवलोकनकर्ताहरुलाई आँप खुवाईएको थियो भने नयाँ पुस्तालाई आँपको विविध प्रकारहरुको बारेमा समेत जानकारी गराइएको थियो । आँप महोत्सवमा पर्यटन व्यवासायी, संचारकर्मीहरु र किसानहरुको सहभागिता रहेको थियो ।

महोत्सवबाट किसानहरुले आफनो समस्याहरु राख्ने पाउने छन् भने युवा पुस्ताहरुलाई आँपको विविध विषयमा जानकारी हुने आयोजकले जनाएका छन । जसबाट सर्वसधारणहरु समेत आएर आँपको विविध प्रकारको स्वाद चाख्न पाएका छन् । पहिलो पटक आयोजना गरिएको महोत्सवले मधेशको आँप खेतीलाई बजारीकरण र यसको व्यवासायीकरणमा बल पुग्ने छन् । महोत्तरीका होटल व्यवसायी नारायण घिमिरेले महोत्सवबाट किसानहरुको साथ साथै होटल र पर्यटनलाई समेत कृषिसँग जोडन मदत पुग्ने जानकारी दिए । उनले यसबाट किसानहरुलाई मात्रै हैन कि उत्पादनलाई व्यवसायीकरण गर्न समेत किसानहरुलाई समेत बल पुग्ने छन । प्रदेश सभा सदस्य शारदा पहाडिले महोत्सवहरुमा सहभागी भएर किसानहरुको समस्या लगायत धेरै समस्याहरु बुझन मौका पाएको बताउदै प्रदेश सरकारलाई किसानको समस्या प्रति ध्यानाकर्ण गराउने बताइन् । उनले महोत्सवमा आएर आँपको विभिन्न परिकारहरुको विषयमा समेत जानकारी पाएको बताइन् ।

‘सरकारको ध्यान तान्न महोत्सवको आयोजना’
– फुलगेन मगही, आयोजक, आँप महोत्सव

महोत्सवको आयोजना किन गर्नु भयो ?
– कुनैपनि उत्पादनहरुलाई बजारीकरणसँग जोडनका लागि यसको प्रचार प्रसारको आवश्यकता रहेको छ । खास गरेर आँप महोत्सवको लक्ष्य पनि यस भेगको आँपलाई प्रवद्र्धन गर्न नै रहेको छ । बटेश्वर गाउँपालिकाको वडा नम्बर १ मा करिब एक शताब्दीदेखि यस क्षेत्रका किसानहरु आँप खेती गर्दै आएका छन् । उनीहरु खेती मात्रै हैन यसको विस्तार समेत गरेका छन् । यस भेगका किसानहरु देखासिकी समेत गर्दै आँप खेती विस्तार गर्दै आएका छन् । किसानको पहिचान होस र किसानहरुलाई आँप खेत गर्न हँुदै आएको समस्याहरुको विषयमा समेत जानकारी दिने उदेश्यले महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा आउने सरोकारवालाहरुलाई किसानहरुले आफनो समस्या राख्ने छन् । यस भोगका किसानहरुलाई पानीको समस्या रहेको छ । आँप खेती गर्दा हुने मलहरुको समस्या रहेको छ भने निलगाईको आतंक रहेका छ । यस विषयमा समेत किसानहरुले आफनो समस्या राख्ने पाउन छन् । त्यसको लागि महोत्सवको आयोजना गरिएको छ ।

सरकारले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्छौ भनिरहेको छ । किसानहरुले कति सहयोग पाइरहेका छन् ?
– यस क्षेत्रलाई आँप खेतीको पकेट क्षेत्र घोषणा गरिएको छ । तर सरकारी स्तरबाट पहुँच हुने किसानहरुले मात्रै लाभ लिन पाएका छन । वास्तविक किसानहरु लाभ लिन पाएका छैन् । उनीहरु अहिले पनि सेवा सुविधाको लागि मुख ताक्नुपर्ने अवस्था रहेको छ । सरकारले पकेट क्षेत्रमा गर्दै आएको लगानी कहा पुगेको छ त्यो किसानहरुलाई सोध्दा थाहा भई हाल्छ अर्थात सरकारको लगानी वास्तविक किसान कहाँ पुग्न सकेको छैन ।

भनेपछि वास्तविक किसानले यसको लाभ पाएका छैनन् ?
– पाएका छन् जसको पहुचत माथिसम्म पुगेको छ यस्ता किसानहरुले लाभ पाएका छन् तर पहँुच नहुने किसानहरुले कुनैपनि प्रकारको लाभ पाएका छैनन । उनीहरुलाई सरकार सुविधा केही पनि पाएको छैन ।

सरकारले यस क्षेत्रलाई पकेट क्षेत्र घोषणा गरेको छ । कति प्रकारको आँप यस क्षेत्रमा पाइन्छ ।
– यो पनि एक प्रकारको अनुसन्धानको विषय नै हो । सरकारले यस विषयमा अनुसन्धान गर्नु पर्छ । तर मेरो जानकारी अनुसार करिब ३० भन्दा बढि प्रकारको आँप यस भेगमा पाइन्छ गरिन्छ । महोत्सवको रहेको आँपहरुको विषयमा अहिले आफुहरुले जानकारी पाए अनुसार १६ देखि १८ प्रकार सम्मको नामाकरण गरिएको छ । तर मलाई लाग्छ ३० भन्दा बढि प्रकारको आँपको प्रजातिहरु यस क्षेत्रमा होला । यहा पाइने गरिएको मालदह, दसहरी लगायतका आँपहरुमा समेत विभिन्न प्रकारको लाइने गरिन्छ । त्यसकारणले यस विषयमा अध्ययन गर्नुपर्ने आवश्यकता रहेको मलाई लाग्छ ।

आँप खेतीबाट किसानहरु आत्मनिर्भर बन्न सकिने सम्भावना कति छ ?
– आँप खेतीबाट किसानहरु आत्मनिर्भर भइरहेका छन् । यसको सम्भावना समेत उत्तिकै रहेको छ । तर यसको व्यवसायिकतामा कहिले कति समस्याहरु रहेको छ । जसलाई सरकारले हटाउनुपर्ने आवश्यकता रहेको छ । त्यो हटियो भने किसानहरुलाई आँप खेतीबाट लाभै लाभको अवस्था रहेको छ । यस भेगका किसानहरुको लागि माटो समेत निकै महत्वपुर्ण रहेको छ । बलौटे माटोको कारणले आँप खेती गर्न सहज मात्रै भएको छैन, उत्पादन समेत राम्रो हुने गरिएको कारणले किसानहरुलाई लाभ हुने सम्भावना निकै रहेको छ । यस भोगमा माटोको कारणले अन्यवालीहरु ल्गाउने र उत्पादनमा समेत समस्या हुने गरिएको कारणले गर्दा आँप खेती नै एउटा उत्तम विकल्प रहेको छ ।

आँप खेतीबाट किसानहरु कतिको लाभ लिएका छन् ?
– आँप खेतीबाट लाभ लिने सम्भावना निकै रहेको कारणले गर्दा उत्पादन र आम्दानी समेत राम्रो हुने गरिएको छ । त्यसकारणले उनीहरु आम्दानीबाट आफनो छोरा छोरीलाई पठनपाठनदेखि आफनो रहेक समस्या टार्न समेत आँप खेतीको आम्दानीमाथि नै निर्भर रहने गरेका छन् । त्यसकारणले किसानहरुलाई आम्दानी समेत राम्रो भईरहेको छ । तर यसले किसानहरुलाई उत्पादनको लागि अझ सहज वातावरण गरिदिएको भए किसानहरु निकै लाभान्वित हुन्थे । अर्को तर्फ आँपको समर्थन मोल समेत तोक्ने वातावरण बनाई दिएको भए आँप किसानहरु लागत र उत्पादन अनुसार समेत मोल पाउथे जसले उनीहरुलाई अझ आँप खेती गर्न मद्दत पुग्थ्यो ।
००००

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button