अर्थमन्त्री साहलाई तेली कल्याण समाजको सम्मान

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
तेली कल्याण समाज पर्साले मधेश प्रदेशका अर्थमन्त्री भरत प्रसाद साहलाई सम्मान गरेको छ । वीरगंजको मुर्ली बगैचास्थित रेडियो वीरगंजको परिषरमा अर्थमन्त्री साहलाई समाजले सम्मान गरेको हो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री साहले तेली समुदायको उथानका लागि एकजुट हुन आवश्यक रहेको बताए । उनले समाजमा इस्र्या गर्ने, एक अर्कालाई सहयोग नगर्दा समुदाय पछाडी परेको बताए ।

मन्त्री साहले एक अर्कालाई सहयोग गर्दै समुदायलाई अगाडि बढाउँदा तेली समुदाय कृषक, मजदुर र व्यापारी मात्र नभइ डाक्टर, इञ्जिनीयर, सीए, वकिललगायत विभिन्न उच्च पदसम्म पुग्न सक्ने बताए । उनले तेली समाजमा राजनीति प्रति धेरै रुचि नहुँदा पनि समाज पछाडी परेको उल्लेख गर्दै राजनीतिमा सक्रिय भएर लाग्न सबैसँग आग्रह गरे ।

तेली कल्याण समाज पर्साका अध्यक्ष ध्रुव साहको अध्यक्ष्तामा भएको कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष विश्वनाथ साह, समाज बाराका अध्यक्ष बजरंगी साह, पूर्व मधेश प्रदेश सभा सदस्य पारस साहलगायत बारा तथा पर्साका तेली समुदायको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button