बाराको रामराजा क्याम्पस प्रमुखमाथि अज्ञात समूहद्वारा गोली प्रहार

[mashshare]

महेश कठायत
वीरगंज ।
बाराको कलैयास्थित रामराजा बहुमुखि क्याम्पसका प्रमुख भुषण कुशवाहामाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । आज (शुक्रबार) साँझ ६ः१५ बजेतिर क्याम्पस प्रमुख कुशवाहाको आफ्नै गाउँ बाराको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बथरा टोलमा अज्ञात समूहले गोली प्रहार गरेको हो ।

उनको शरिरमा दुई गोली प्रहार भएको छ । ढाड र पिठयुमा गोली लागि गम्भिर घाइते क्याम्पस प्रमुख कुशवाहाको वीरगंजस्थित मेडिसिटी बयोधा अस्पतालमा उपचार भइरहेको छ । क्याम्पस प्रमुख कुशवाहको अवस्था गम्भिर रहेको कारण थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको पारिवारिक श्रोतले जनाएको छ ।

घटना स्थलमा प्रहरी परिचालन गरिएको र अपराधिक समूहको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी उपरीक्षक महेन्द्र खड्काले मधेशदृष्टिलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button