विश्व रक्तदाता दिवसः रेडियो वीरगंज परिसरमा रक्तदान

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
विश्व रक्तदाता दिवसको अवसर पारेर रेडियो वीरगंज ९९ मेगाहर्ज परिसरमा भएको खुला रक्तदान कार्यक्रम ४२ जनाले रक्तदान गरेका छन् । पछिल्लो समय प्रचण्ड गर्मीसँगै वीरगंजका अस्पतालमा रगत अभाव हुँदा बिरामीको उपचारसमेत प्रभावित हुन थालेपछि रक्तदाता दिवसको अवसर पारेर अयोजना गरिएको उक्त कार्यक्रम ५ जना महिलासहित ४२ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रममा रेडियो वीरगंजका कार्यकारी अध्यक्ष धुव्र साहले गर्मीमा रक्तदान गर्नु हुँदैन भन्ने भ्रम रहेको भन्दै रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरेको बताए । रेडियो वीरगंज परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रमले अस्पतालमा देखिएको रगतको अभावलाई कम गर्ने अध्यक्ष साहले विश्वास व्यक्त गरे ।

कार्यक्रममा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले रक्तदान गर्नु व्यक्ति स्वयंम र अरुको लागि पनि जीवन रक्षाको विषय हुने बताए । नेपाल रेडक्रस सोसाइटीले घुम्ती सेवाको आयोजना गरी हरेक टोल–टोलमा रक्तदान अभियान थाल्ने हो भने रगतको अभावलाई पूर्ति गर्न सक्ने अध्यक्ष खेतानको भनाइ थियो ।

भारतीय महावाणिज्यदुतावास वीरगंज, नेपाल रेडक्रस सोसाइटी पर्सा, रेडियो वीरगंज ९९ मेगाहर्ज, वीरगंज साइकल क्लब तथा ग्रिनसिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा खुला रक्तदान कार्यक्रम गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button