महाधिवेशनमा नेताहरुबीच रोचक भिडन्तको दृश्य

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया पेचिलो ढंगले शुरु भएको छ । कार्यसमितिका लागि उम्मेदवारी दिएका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको अन्तिम नामावली प्रकाशनले अधिकांश पदमा निर्वाचन हुने देखिएको छ । महाधिवेशनको तेस्रो दिन बुधबार बिहान साढे ८ बजेदेखि मनोनयन पत्र भरेर साँझ उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको हो । निर्वाचन कार्यतालिकाअनुसार अपराह्न ४ बजेदेखि मतदानको समय तोकिए पनि उम्मेदवारको अन्तिम नामावली नै ८ घण्टा ढिलो प्रकाशन भएपछि मतदान प्रक्रिया पछाडि धकेलिएको छ ।

अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन समितिले अध्यक्ष पदमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेको औपचारिक जानकारी दिएपछि अध्यक्ष निर्विरोध भएको छ । पार्टी स्थापना भएको १८ वर्षपछि पहिलोपटक निर्वाचनमार्फत नेतृत्व चयन प्रक्रिया थाल्दासमेत उपेन्द्र यादवको विकल्पमा कोही उभिन तयार नभएपछि उनी निर्विरोध भएका हुन् ।

अन्य पदमा रोचक भिडन्त
जसपा नेपालको महाधिवेशनमा २० पदाधिकारीसहित २०१ जनाको केन्द्रीय समितिका लागि निर्वाचन हुँदैछ । अध्यक्षबाहेक अब एक सहअध्यक्ष, ५ उपाध्यक्ष, २ महासचिव, ३ उपमहासचिव, ७ सचिव, १ कोषाध्यक्षसहित १९ पदाधिकारी तथा केन्द्रीय सदस्य गरी २०१ पदका लागि निर्वाचनमा प्रतिस्पर्धा हुँदैछ । सहअध्यक्षमा पूर्वमुख्यमन्त्री लालबाबु राउत, पूर्व सङ्घीय मन्त्री राजकिशोर यादव, रकम चेम्जोङले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा १७ जनाको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा मृगेन्द्र कुमार सिंह, हरिनारायाण यादव, आङ देन्डी शेर्पा, विद्युत बज्राचार्य, अर्जुन थापा, गोविन्द चौधरी, शिवलाल थापा मगर, सरोजकुमार यादव, मोहम्मद खालिद, प्रकाश अधिकारी, बच्चा राउत अहिर, सुरेन्द्र प्रसाद कुर्मी, रामबचन अहिर यादव, मानध्वज ब्लोन, अमरेश नारायण झा, राजन केसी र सुमन कुमार चौधरीको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा महिलातर्फ रेखा यादव, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापाको उम्मेदवारी परेको छ । यसैगरी, महासचिवमा बोमबहादुर दर्लामी मगर, रामकुमार शर्मा, विजय कुमार, मनिष सुमन र अशोक कुमार यादवले मनोनयन दर्ता गराएका छन् । उपमहासचिवमा खुलातर्फ ९ र महिलातर्फ ३ जनाको उम्मेदवारी परेको छ । खुलातर्फ उपमहासचिवमा सुरेन्द्र कुमार यादव, रामबाबु प्रसाद यादव, रामकिशोर यादव, राजकुमार राई, योगेन्द्र राय यादव, शैलेन्द्र प्रसाद साह, सुरेश कुमार मण्डल, जयप्रकाश राई र जयराम यादवले उम्मेदवारी दिएका छन् । महिलातर्फको उपमहासचिवमा सीताकुमारी यादव, विनिता कुमारी यादव र निर्मला यादवको उम्मेदवारी परेको छ ।

यसैगरी ७ सचिव पदका लागि ३४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । सचिव खुलातर्फ शेख अब्दुल कलाम, प्रमोद साह, राजकुमार गुप्ता, रामबाबु कुमार यादव, धरेन्द्र यादव, सरोज सिंह कुश्वाहा, विकास कुमार तिवारी, प्रभुराम श्रेष्ठ, रामकुमार मण्डल, वीरेन्द्र प्रधान, लाक्पा शेर्पा, अशेश्वर यादव, अशोककुमार यादव, कमरुदिन राई, कृष्ण कुमार राई, देवबहादुर दुरा, भारत महतो, भीमबहादुर थापा, महाजन यादव, विन्देश्वर यादव, चन्देश्वर पासवान, विश्वनाथ राउत, संजयकुमार सिंह, विजय कुमार दनुवार, चन्देश्वर प्रसाद सिंह, पूर्णबहादुर बस्नेत, सिंहबहादुर लामा, रमेशचन्द्र प्रधानले उम्मेदवारी दिएका छन् ।

यसैगरी, दिना लामा, रसना यादव, उषाकुमारी यादव, तारा विश्वकर्मा, प्रमिला यादव र सुरिता कुमारी साहको पनि सचिव पदमा उम्मेदवारी परेको छ । कोषाध्यक्षमा एक पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार कोषाध्यक्षमा रेणुकुमारी यादव, संजयकुमार यादव र बलराम महतोको उम्मेदवारी परेको छ । बाँकी १८१ केन्द्रीय सदस्य पदका लागि भने विभिन्न क्लस्टरमा उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button