
मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेश सरकारको मुख्यमन्त्रीमा जनमत पार्टीका प्रदेशसभा सदस्य सतिसकुमार सिंह नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने बहुमत सदस्यको समर्थन दाबी पेश गरेपछि शुक्रबार सिंहलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
सिंहको नेतृत्वमा सरकार गठनका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका ५५ प्रदेशसभा सदस्यको समर्थनसहित शुक्रबार बिहान दाबी पेस गरिएको थिए ।
जसपा नेपालको संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीका रूपमा प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि बुधबार प्रदेश प्रमुख सुवेदीले शुक्रबार १० बजेको समय सीमा तोकी मुख्यमन्त्री नियुक्ति प्रयोजनका आह्वान गरेकी थिइन् ।
बिहीबार मध्यराति जनमत पार्टीका सिंहलाई मुख्यमन्त्री बनाउने सहमतिसहित मधेश प्रदेश सरकारका लागि दलहरुले मन्त्रालय भागवण्डा टुंग्याएका थिए ।






