
मधेशदृष्टि
जनकपुरधाम ।
बिहीबार मध्यराति जनमत पार्टीका सतिस कुमार सिंहलाई मुख्यमन्त्री बनाउने सहमतिसहित मधेश प्रदेश सरकारका लागि दलहरुले मन्त्रालय भागवण्डा टुंग्याएका छन् ।
सहमति यस्तो छः
मुख्यमन्त्रीः जनमतका सतिस कुमार सिंह
जनमतबाट मन्त्रीः १. वन मन्त्रालय, २. विनाविभागीय मन्त्रालय
नेकपा एमालेः १. भौतिक पूर्वाधार २. स्वास्थ्य तथा जनसंख्या ३. शिक्षा मन्त्रालय, ४.युवा तथा खेलकुद मन्त्रालय
नेकपा एसः १. कृषि मन्त्रालय २. ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय
नेकपा माओवादीः १. अर्थ मन्त्रालय २. उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय
संघीय समाजवादी पार्टीः १. गृह, सञ्चार तथा कानुन मन्त्रालय
नागरिक उन्मुक्ति पार्टीः १. श्रम तथा यातायात मन्त्रालय
स्रोतः सरोज यादव, एमाले संसदीय दलका नेता, मधेश प्रदेश सभा
थप समाचारका लागि शुक्रबारको मधेशदृष्टि दैनिक पढ्नुहोला ।






