चुनौतीको घेरामा तुलनात्मकरुपमा राम्रै गरेँः यादव

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
विश्वासको मत नपाएपछि पदमुक्तको बाटोमा रहेका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो कार्यकालमा जनतालाई विकास र सुशासनको अनुभूति हुने गरी काम गरेको बताउँदै यसप्रति गर्व लायक रहेको बताएका छन् । उनले जनतालाई विकास र अनुभूति हुने गरी अन्य प्रदेशभन्दा यस प्रदेशमा चुनौतीका बीच राम्रो काम गरेको बताए ।

विश्वासको मत माग्नेक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै यादवले कर्मचारीको असहयोगका बीच नै आफूहरुले काम गरेको बताउँदै एमालेले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘तपाईंको पार्टीका नै गृहमन्त्री हुँदा मलाई आएर मेरो सचिवले काम गर्न दिइरहेको छैन, त्यो कर्मचारी मेरो हो कि संघ सरकारको हो, त्यसकारण आरोप लगाउनु ठूलो कुरा होइन तर चुनौती बीच अनुभूति हुने गरी काम गर्नु ठूलो कुरा हो ।’

यादवले सरकार परिवर्तन हुने कुरा लोकतन्त्रमा चलिरहने प्रक्रिया रहेको बताउँदै विकास निर्माण र संघीयताको सबलीकरणमा आफ्नो पार्टी सदैव साथ रहने बताए । उनले प्रदेश सभामा विपक्षमा हुँदा समेत आफूहरु संसदको गरिमा जोगाएर अगाडि बढने बताउदै आफूहरु अराजक नबनी संसदमा उपस्थित भएर मर्यादित भएर आफ्नो कुरासमेत राख्ने बताए । यादवले सबै कुराको निर्णय संघबाट नै हुने भएकाले आज जे जति निर्णय भएका हुन्, सबै संघबाट नै भएकाले विश्वासको मत लिन चाहिँदैन, त्यो कुरा सत्यसमेत नरहेको बताउदै आफूलाई विश्वाको मत लिने समय २८ गतेसम्म रहेको बताए ।

मुख्यमन्त्री यादवले आफूले बजेट खर्चमा समस्या आइरहेको विषयमा मन्त्रिपरिषद्का सदस्य र सचिवलाई राखेर निर्णय गराउने तयारी रहेको अवस्थामा नेकपा एमालेले समर्थन फिर्ता लिएको र त्यसको दोषी आफू नरहेको बताए । उनले बैठक समेत एमालेका नेता सरोज यादवको सल्लाहमै गर्न लागेको अवस्थामा काठमाडौँबाट फोन आएर समर्थन नै फिर्ता लिएपछि आफूमाथि दोष लगाएर कोही कसैले उन्मुक्ति नपाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button