वातावरण दिवसः भिष्वा विहारमा ८ सय विरुवा रोपियो

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
विश्व वातावरण दिवसको अवसरमा वीरगंजको भिष्वा विहारमा वृक्षारोपण गरिएको छ । आज (बुधबार) बिहान वीरगंज महानगरपालिका वडा नम्बर १५ भिस्वा डाँडा भगवान बुद्धको मन्दिर आसपासमा विभिन्न उन्नत जातका आठ सय विरुवा रोपिएको ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए ।

वातावरण दिवस अवसरमा भारतको महावाणिज्य दूतावास वीरगंज पर्सा र ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर तथा ग्रिन सिटी समुदायिक सेवा केन्द्र आदर्शनगर १० वीरगंज पर्साको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो ।

सो अवसरमा ग्रीन सिटीका अध्यक्ष खेतानसहित पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, सहायक प्रमुख जिल्ला अधिकारीद्वय उत्तम कुमार घिमिरे, सानुबाबु अधिकारी, सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण वीरगंजका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, सशस्त्र प्रहरी निरीक्षक जितेन्द्र कुमार साह, भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्य दूत देवी सहाय मीना, वाणिज्य दूत शशी भुषण कुमारलगायतले वृक्षारोपण गरेका थिए ।

वृक्षारोपण कार्यक्रममा विभिन्न निकायका प्रतिनिधि, निजी विद्यालयका विद्यार्थी, समाजसेवी, नागरिक समाज र सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button