गर्मीका कारण वीरगंजका विद्यालय बन्द

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
अत्यधिक गर्मीका कारण वीरगंज महानगरपालिकाले नगरक्षेत्र भित्रका विद्यालय बन्द गर्ने निणर्य गरेको छ । सोमबार बसेको महानगरको शिक्षा समितिको बैठकले महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द गर्ने निणर्य गरेको हो ।

पछिल्लो केही सातादेखि तराई मधेशमा बढ्दो गर्मीका कारण पठनपाठन कार्य प्रभावित भएसँगै जेठ १६ गतेदेखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो । वीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णका अनुसार अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको भन्दै अभिभावक, विद्यार्थी र शिक्षकबाट गुनासो आएसँगै महानगर शिक्षा समितिले पठनपाठन बन्द गर्ने निणर्य गरेको हो ।

तीन दिन वर्षे बिदाबाट कट्टा हुने गरी सबै विद्यालयको प्रशासनिक कार्य गर्न÷गराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द गर्न लागेको प्रमुख कर्णले बताए । वीरगंज महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय रहेका छन् । गत वैशाख २० गतेदेखि महानगर क्षेत्रमा बिहानीको समयमा पठनपाठन हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button