
मधेशदृष्टि
जनकपुरधाम ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राख्न तीन दिनको म्याद थप अनुमति दिएको छ । जिल्ला अदालत धनुषाले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद थप अनुमति दिएको हो ।
बुधबार जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले सिरोहियालाई तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले सिरोहियालाई दश दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थियो भने सरकारी वकिलले पाँच दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेका थिए ।
नागरिकतासम्बन्धी मुद्दामा सिरोहियालाई मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुर केन्द्रीय कार्यालयबाट पक्राउ गरेर धनुषा ल्याइएको हो । दोहोरो नागरिकता प्रकरणमा उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषामा परेको जाहेरीको आधारमा पक्राउ गरेको हो । प्रहरीकै अनुरोधमा मंगलबार उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।






