चिट चोरी प्रकरण छानबिन गर्न माग

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
जनकपुरधामस्थित रामसागर रामस्वरुप बहुमुखी क्याम्पसमा भएको बिबिएस दोश्रो वर्षको परीक्षामा क्याम्पस प्रशासनको मिलोमलतोमा परीक्षामा सहभागी नरहेका व्यक्तिका नाममा परीक्षामा उपस्थिति देखाई कपी नै हेरफेर गर्न खोजिभएको भन्दै विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । उनीहरुले घटनामा दोषी देखिएका कर्मचारीलाई कारबाही माग गर्दै परीक्षामा भइरहेको चिटचोरी घटनाको नियन्त्रण र यसको छानबिन माग गरेका हुन् । उनीहरुले घटनाको छानबिन गर्न माग गर्दा क्याम्पस प्रशासन र स्वतन्त्र विद्यार्थी संगठनले समेत चासो नदेखाएर शैक्षिक माफियाको संग्लनतामा शैक्षिक गतिविधि नै धुमिल बनाउने कार्य गरिएको बताइएको छ ।

लोकतान्त्रिक विद्यार्थी संगठनका अजयकुमार पण्डित र समाजवादी विद्यार्थी युनियनका गौतम यादवसहित विद्यार्थीले पत्रकार सम्मेलन गरेर शैक्षिक माफियाको मिलोमतोमा क्याम्समा विभिन्न परीक्षामा विद्यार्थीहरु नै उपस्थित नरहेको अवस्थामा त्यो ठाउँमा अरुले परीक्षा दिने, कपी परिवर्तन गरिने जस्ता कार्य हुने गरिएको घटनाप्रति आपत्ति जनाए । विद्यार्थी नेता ज्ञानेन्द्र झा ज्ञानुले विगतमा क्याम्पसको शैक्षिक गरिमा माफियाको कारण खस्केको भन्दै यसप्रति आपत्ति जनाए । उनले क्याम्पस र त्रिभुवन विश्वविद्यालयका केन्द्रीय निकायले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न चासो देखाउन माग गरेका छन् । विद्यार्थीहरुले जारी गरेको विज्ञप्तिमा क्याम्पसलाई कुनै पनि हालतमा बिहार बोर्ड नबन्न र पठनपाठनलाई राम्रो बनाउन आफूहरुको अभियान रहेको बताए ।

विद्यार्थीले जारी गरेको विज्ञप्तिमा वैशाख २८ गते क्याम्पस प्रमुख प्रदीप कुमार प्रसाद र स्ववियु सभापति मनिस कुमार यादवको मिलोमतोमा परीक्षा सञ्चालन रहेको परीक्षा हल रुम नम्बर एसए११ का निरीक्षक जगरनाथ सिंहको प्रत्यक्ष उपस्थिति र सहयोगमै क्याम्पस स्ववियु सदस्य दीपेन्द्र कुमार राउतद्वारा परीक्षामा उपस्थित नभएको विद्यार्थीको हाजिरी गरेको र कपी सेट गर्न प्रयासमा रंगेहात फेला परेको साथै रुमको, गार्ड जगरनाथ सिंह स्वयम्ले दीपेन्द्र कुमार राउत स्ववियु सदस्यको फोटो पहिचान गरी प्रमाणित गराएको भिडियोसहितको प्रमाण रहेको बताइएको छ । प्रमाण हुँदाहुँदै क्याम्पस प्रमुखसँग कुरा गर्दा आनाकानी गरी सत्यतथ्य छानबिन गर्नु भन्दा दोषीलाई छुटाउने अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button