मधेशदृष्टि
वीरगंज ।
जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा मुछिएका एक जना कुख्यात अपराधीलाई पक्राउ गरेको छ । कर्तव्य जान र डकैतीलगायतका मुद्दामा फरार रहेका पर्साको सखुवाप्रसौनीका प्रेम गिरीलाई पक्राउ गरेको हो । मधेशदृष्टिसँगको संक्षिप्त कुराकानीमा जिल्ला प्रहरी पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले गरीलाई आज (आइतबार) बिहान उनकै घरबाट पक्राउ गरिएको पुष्टि गरेका हुन् ।
पर्सा प्रहरीको क्राइम शाखाको टोलीले फरार अभियुक्त गिरीलाई आइतबार बिहान पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ बलुवाबाट उनलाई पक्राउ गरेको हो । विभिन्न मुद्दाका मुछिएका अभियुक्त गिरी बर्षौदेखि प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका थिए ।
विगत केही दिनदेखि घरमै लुकिछिपी बस्दै आएका गिरीलाई विशेष सूचनाका आधारमा सादा पोशाकमा खटेका प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






