गाउँमै स्वास्थ्य सेवा पाएपछि बागमतीका स्थानीय खुसी

[mashshare]

एसपी गौरब
सर्लाही ।
सर्लाहीको बागमती नगरपालिकामा सुविधा सम्पन्न स्वास्थ्य सेवा सञ्चालन पाएपछि स्थानीय खुसी भएका छन् । बागमती नगरपालिका वडा नम्बर १२ स्थित रहेको स्वास्थ्य चौकी कर्मैयामा पूरै शरिर चेकजाँचदेखि अन्य ल्यावसहितको स्वास्थ्य सेवाहरु सहज रुपमा स्वास्थ्य सेवा पाउन थालेपछि स्थानीयमा खुुसी थपिएको छ । मधेश प्रदेश सरकारले दिएको केही स्वास्थ्य उपकरणहरुमा बागमती नगरपालिकाले थप उपकरणहरु खरिद गरेर पूरै शरिर चेकजाँचदेखि अन्य ल्यावसहितका स्वास्थ्य सेवाहरुलाई व्यवस्थित पार्दै सहज रुपमा स्वास्थ्य सेवा सञ्चालन शुरु गरेपछि बिरामीहरुको संख्याप नि निकै बढेको बागमती नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख पदम रायमाझीले जानकारी दिए ।

उनका अनुसार ९८ प्रकारका औषधीहरु निःशुल्क वितरण भइरहेको साथै स्वास्थ्य चौकीबाट प्रदान हुने सबै प्रकारका स्वास्थ्य सेवाहरुका साथै सबै प्रकारका ल्याव (प्रयोगशाला) चेकजाँच स्वास्थ्य चौकी कर्मैयामा हुने गरेको छ । बामगती नगरपालिका वडा नम्बर १२ स्थित रहेको स्वास्थ्य चौकी कर्मैया नजिकै १५ शैयाको नगर अस्पताल निर्माणाधीन अवस्थामा रहेको र अहिले स्वास्थ्य चौकी कर्मैयाकै संरचनामा बागमती जनस्वास्थ्य प्रयोगशाला (ल्याव) पनि सञ्चालन भइरहेको स्वास्थ्य चौकी कर्मैयाका प्रमुख जन स्वास्वस्थ्य निरिक्षक धिराज घिमिरेले जानकारी दिए । उनले बागमती जनस्वास्थ्य प्रयोगशाला (ल्याव) सञ्चालनबाट स्वास्थ्य चौकी कर्मैया सर्लाहीमै प्रथम भएको समेत बताए ।

मधेश प्रदेशका सबै एक सय ३६ वटै पालिकाहरुमा मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही उपकरणहरु सहयोग गरेकोमा सर्लाहीका मात्र नभई मधेश प्रदेशकै धेरै पालिकाहरुले सो उपकरण जडान गरी प्रयोगमा समेत ल्याउन नसकी रहेको अवस्थामा बागमती नगरपालिका आफैले त्यसमा थप उपकरणहरु खरिद गरेर नागरिकमूखी स्वास्थ्य सेवा सञ्चालन गरेको बागमती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

बागमतीका जनतालाई सामान्य खालका स्वास्थ्य समस्या देखा पर्नासाथ उपचारका लागि कहाँ जाने भन्ने चिन्ताबाट मुक्त गराउन बागमती नगरपालिकाका सबै जनप्रतिनिधिहरु एक भएर लागिरहेको बागमती नगरपालिकाकी नगर उपप्रमुख लिला मोक्तानले बताइन् । सबै भन्दा पहिला मानिस स्वास्थ्य रह्यो भने मात्र उसलाई शिक्षा, रोजगारी, विकास निर्माण र जीवनमा आवश्यक पर्ने अन्य आवश्यकताहरु क्रमश पूरा हुँदै जान्छन् भन्ने मान्यताका साथ स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको उनले बताइन् । उनका अनुसार ल्यावसहित स्वास्थ्य सेवा सञ्चालन हुनु पूर्व दैनिक बढीमा २० जनासम्म बिरामीहरु उपचारका लागि आउने गरेकामा बागमती जनस्वास्थ्य प्रयोगशाला (ल्याव) सञ्चालनबाट स्वास्थ्य चौकी कर्मैया सर्लाहीमा बिरामीहरुको चाप बढेर दैनिक ६० जनासम्म बिरामीहरु विभिन्न किसिमका रोगहरुको उपचार गर्न आउने गरेका छन् ।

विपन्न तथा सुकुम्बासीहरुको बसोबास बढी रहेको बागमती नगरपालिकाबासीलाई ल्यावसहितको सुविधा सम्पन्न स्वास्थ्य सेवा गाउँमै न्यून शुल्कमा पाउँदा ठूलो राहत भएको र बाहिर जाने झन्झटबाट मुक्ति मिलेको बागमती नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष ओम बहादुर श्रेष्ठले बताए । उनका अनुसार ल्याव, प्रसुतीसहित धेरै प्रकारका चेकजाँचसहित औषधी समेत गाउँकै स्वास्थ्य संस्थामा पाउने भएपछि औषधी किन्न जान झण्झट भएका तथा चर्काे शुल्क तिरेर औषधी खरिद गर्नु पर्दा आर्थिक समस्यामा परेका बागमतीबासीमा नियमित औषधी सेवन तथा चेकजाँचमा ध्यान पुगेको छ । स्वास्थ्य संस्थामा अहिले ९८ प्रकारका औषधीहरु निरन्तर रुपमा निःशुल्क वितरण गरिरहेको र बागमती जनस्वास्थ्य प्रयोगशाला(ल्याव)मा ६२ प्रकारका स्वास्थ्य समस्याहरुको चेकजाँच हुने र निःशुल्कदेखि बढीमा तीन सय रुपैयाँसम्ममा चेकजाँच हुने गरेको स्वास्थ्य चौकी कर्मैया प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button