माइस्थानमा झण्डै झडप !

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
शुक्रबार साँझ वीरगंजको माइस्थान चोकमा दुई पक्षबीच झडपको स्थिति बन्दा एकाएक बजार अशान्त बनेको छ । प्रहरीले दुवै पक्षलाई सम्झाइबुझाइ गरेर पठाएपछि अशान्त बनेको वीरगंज शान्त भएको हो ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति मोहम्मद शाहबुद्धिन समूहले नागरिकता काण्डका दोषीलाई कारबाही माग गर्दै नाराजुलुश प्रदर्शनपछि माइस्थानमा कोणसभा गर्ने क्रममा वीरगंजका मेयर राजेशमान सिंह पक्षधरले प्रतिवाद गर्न खोज्दा झडपको स्थिति बनेको बताइएको छ । दुवै पक्ष सडकमा उत्रिएपछि कोणसभास्थलमै झडपको स्थिति बनेको थियो । प्रहरीले दुवै पक्षलाई सम्झाएर पठाएपछि वीरगंज बजार शान्त बनेको हो ।

प्रहरीले घटनामा संलग्न केहीलाई नियन्त्रणमा लिएको बताएको छ । यता, एडभान्स अस्पतालनजिकै मोटरसाइकलमा आगजनी गर्न खोजेको पाइएपछि प्रहरीले लाठीचार्ज गर्दा एकजना सामान्य घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button