
मधेशदृष्टि
जनकपुरधाम ।
जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर बनेको जसपाले पूर्व प्रदेश सभा सदस्य अशोककुमार यादवलाई मधेश प्रदेश संयोजक तोकेको छ । यादवलाई मधेश प्रदेश संयोजकको जिम्मेवारी दिइएको जसपाका महासचिव मोहमम्द इस्तियाक राईले जानकारी दिए ।
उनका अनुसार प्रदेश संयोजक यादवलाई संगठनको कामकाज गर्ने पूर्ण जिम्मेवारी दिइएको छ । यादव २०७४ सालको निर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टीबाट सर्लाही क्षेत्र नम्बर २ (२) मा निर्वाचित भएका थिए । विभाजनपछि अशोक राई नेतृत्वको जसपा आक्रमण रुपमा संगठन पुनर्गठनमा लागेको छ ।
निर्वाचन आयोगले जसपा नेपालबाट निर्वाचित प्रदेश सभा सदस्य र स्थानीय तह प्रतिनिधिहरुलाई जसपामा जाने÷नजाने बारे स्नाखत गर्न समय दिएको छ । जसपाका नेताहरु उनीहरुलाई आफ्नो दलमा ल्याउन कसरत गरिरहेका छन् ।






