मन्दिरको जग्गा अतिक्रण, मन्त्रीलाई ज्ञापन पत्र

[mashshare]

मधेशदृष्टि
महोत्तरी ।
राष्ट्रिय एकता अभियानले महोत्तरी मटिहानी–६ स्थित जरलहवा गाछीमा भएको आगलागीको घटनापछि मन्दिरको जग्गा अतिक्रमण भएकोबारे गम्भीर चिन्ता व्यक्त गरेको छ । अभियानका अध्यक्ष विनय यादवले भुमि सुधार मन्त्री बलराम अधिकारीलाई मंगलबार सिंहदरबारमा त्यसबारे ज्ञापन पत्र बुझाएका छन् ।

हिन्दू आस्थाको पवित्र स्थल लक्ष्मीनारायण गुठीको जग्गा गैर कानुनी रूपमा कब्जा गरिएको ज्ञापन पत्रमा उल्लेख छ । ‘आगलागी पीडितलाई राहत दिने बहानामा मन्दिरको जग्गामा बसाइएको छ । यस्ता गैर कानुनी अतिक्रमणले हाम्रा धार्मिक स्थलहरूको पवित्रतालाई उल्लङ्घन गर्ने मात्र होइन् न्याय, समानता र विधिको शासनको सिद्धान्तलाई पनि कमजोर बनाउँछ । हामी तपाईँको सम्मानित मन्त्रालयलाई यस मामिलालाई सम्बोधन गर्नको लागि तत्काल र निर्णायक कदम चाल्न आग्रह गर्दछौँ’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button