
उपेन्द्र यादवले आफ्नै पार्टीका मेयरलाई योजना नदिएर दलाली गरी अरुलाई योजना बेच्नु भएको छ । यो सबै कुराको अब म धमाधम पर्दाफास गर्छु । उहाँका आसेपासेहरुले के के गर्छन्, उनीहरु कसरी दलाली गर्छन्, यो सबै कुरा विस्तारै समय आएपछि प्रमाणसहित पर्दाफास गर्छु, म अब बाँकी राख्दिनँ ।
प्रदीप यादव, उपमहासचिव, जसपा
जोसँग भोट छैन, उसलाई जिल्ला अध्यक्ष बनाउने, सात वटा भोट भएकालाई समानुपातिक सांसद बनाउने, सात वटा भोट भएकालाई महासचिव बनाउने, कार्यकारिणी समिति सदस्य बनाउने, राष्ट्रिय सभामा ल्याउने जुन परिपार्टी पार्टीमा हाबी थियो । हामी बाध्य भएर नयाँ दल दर्ता गरेर अगाडि बढनु पर्ने अवस्था बन्दै गयो । संघीयताको कुरा गर्ने तर व्यवहारमा संघीयता मास्ने, आफ्नै मन्त्रीको योजना बेच्न लगाउने, आफ्नै मन्त्रीसँग पैसा असुल गर्ने कारणले पार्टीभित्र चरम असन्तुष्टि बढेको थियो, केन्द्रदेखि प्रदेशसम्म, केन्द्रदेखि स्थानीय तहसम्मको सबै असन्तुष्टि उपेन्द्र यादवको एकलौटीपनका कारण थियो । यही कारण पार्टी विभाजन हुन पुगेको हो । उपेन्द्र यादवले कहिल्यै पनि पार्टीलाई सामुहिकतामा चलाउनु भएन, जहिल्यै एकलौटी चलाउनु भयो, पार्टीलाई प्राइभेट लिमिटेड जस्तै चलाउनु भएकाले हामीले नयाँ पार्टी दर्ता गर्नु पर्ने परिस्थिति बन्यो ।
अब हामी काम गरेर देखाउँछौँ । अहिलेसम्म उपेन्द्र यादवको नेतृत्वमा थियोँ, जो उपेन्द्र यादवलाई हामीले साथ दियौँ, बढावा दिऔँ, त्यो उपेन्द्र यादवले पार्टीलाई प्राइभेट कम्पनी बनाइराख्नु भयो, आफू जहिले पनि मन्त्री बनिरहनु भयो, आफ्नो चार वटा सिट आओस् मन्त्री, उपप्रधानमन्त्री बनिराख्नु भयो, आफ्नो पसल चलाइ राखौँ भन्ने गरिरहनु भयो । देश भाडमा जाओस्, मधेशी भाडमा जाउन्, जनजाति भाडमा जाओस्, हिमाल–पहाडका जनता भाडमा जाओस्, आफ्नो पसल चलिराखोस् भन्ने व्यक्तिगत सोचले पार्टी चल्न सक्छ ? हामी जनतालाई निकास दिनसक्छौँ, जनताको विकास गर्न सक्छौँ । पार्टी उपेन्द्र यादवको प्राइभेट कम्पनी हो र ? पार्टीमा कहिल्यै पनि लोकतान्त्रिक विधि अपनाइएन । जहिले पहिन उहाँले एकलौटी ढंगले पार्टी चलाउनु भयो । म नै पार्टी हो, म नै शहन्शाह, उहाँको जो गणेश परिक्रमा गर्छन्, जो बढी चम्चागिरी गर्छन्, उसलाई पार्टीमा जिम्मेवारी दिने, प्रवक्ता बनाइदिने, विभिन्न कार्यक्रमका लागि प्रतिनिधि बनाएर पठाइदिने, जो बढी चम्चागिरी गर्छ, उसलाई अगाडि बढाउने काम उपेन्द्र यादवले गरिरहनु भयो ।
उपेन्द्र यादवले आफ्नै पार्टीका मेयरलाई योजना नदिएर दलाली गरी अरुलाई योजना बेच्नु भएको छ । यो सबै कुराको अब म धमाधम पर्दाफास गर्छु । उहाँका आसेपासेहरुले के के गर्छन्, उनीहरु कसरी दलाली गर्छन्, यो सबै कुरा विस्तारै समय आएपछि प्रमाणसहित पर्दाफास गर्छु, म अब बाँकी राख्दिनँ । हरेल जिल्ला जान्छु, एक–एक वडा जान्छु । सबै प्रमाणसहित पर्दाफास गर्छु–गर्छु । अहिले जो जो साथीहरु उपेन्द्र यादवसँग हुनुहुन्छ । उहाँहरुलाई सोध्नुस्, एकएक गरी कुरा गर्नुस्, उहाँहरु सबै पीडित हुनुहुन्छ । उपेन्द्र यादवसँग कोही सन्तुष्ट छैनन् । उपेन्द्र यादवले पार्टीलाई प्राइभेट कम्पनी बनाउनु भएको छ । जसले पैसा दिन्छ, उसलाई मन्त्री बनाउने, ९ महिना राख्ने अनि फेरि अरुसँग पैसा लिने र पैसा लिएर अरुलाई मन्त्री बनाउने गर्नुहुन्छ ।
उपेन्द्र यादवसँग कोही खुसी छैन, उहाँका प्रवक्ता मनिष सुमनजी त जनताबाट अनुमोदिन भएर आएका होइनन् नि, उहाँ त आफै साइडबाट आएको हो । अनुनय गरेर पार्टीमा आएका हुन् । सोध्नुस् न उहाँलाई, उहाँ कति पीडामा हुनुहुन्छ । कसैले कहिल्यै केही भन्न सक्दैनन् पार्टीका बारेमा । म जति को जानकार होला ? मनिष सुमनजी त भर्खर आउनु भएको हो । म त पहिल्यैदेखि पार्टीमा सक्रिय भएर लागेको हुँु । मलाई कति थाहा होला, बुझनुस् न । जनतामा पकड भएको नेतालाई साइड लगाएर आफ्नो आसेपासेलाई जिम्मेवारी दिएपछि उहाँसँग को बस्छन् ? हेर्दै जानुस्, उहाँ केही दिनपछि पार्टीमा एक्लै पर्नुहुन्छ ।
यो सरकारलाई हाम्रो समर्थन जारी रहन्छ । सरकारमा जाने न जाने कुरा त पार्टीको बैठकबाट निर्णय हुन्छ । पार्टीले जे निर्णय गर्छ, त्यही हुन्छ । तर सरकारलाई दिइएको समर्थन कायमै रहन्छ । अब उपेन्द्र यादवको प्राइभेट पसल बन्द हुन्छ । हेर्दै जानुस्, एक महिनापछि ठूलो धमाका हुनेछ । जनतामा पकड नभएका नेताले उपेन्द्र यादवको गणेश परिक्रमा गर्छन् । जोसँग जनता छ, उसले कसैको गणेश परिक्रमा गर्दैन । (कुराकानीमा आधारित)






