
मधेशदृष्टि
रौतहट ।
पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कुनै पनि देशलाई समृद्ध बनाउन युवाहरुको अहम भूमिका हुने विचार व्यक्त गरेका छन् । शनिबार गृह नगर रौतहटको मौलापुर नगरपालिका स्थित आयोजित नव वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा युवाहरुसँग अन्तरक्रिया कार्यक्रममा उक्त अधयक्ष साहले उक्त विचार व्यक्त गरेका हुन् ।
मौलापुर–५ पार्क होटलमा आयोजित कार्यक्रमलाई सम्बोधनको क्रममा सांसद साहले अहिले देश सङ्कटग्रस्त अवस्थामा रहेको बताउँदै देश विकासको लागि युवाहरु जस्तै नेता इमान्दार हुनुपर्ने कुरामा जोड दिएका थिए । उनले देश र समाजको सामाजिक सुधारको लागि युवाको अहम भूमिका हुनु जरुरी भएको बताएका थिए ।
उक्त अवसरमा मौलापुर नगर प्रमुख रिना साह, आम जनता पार्टीका महासचिव मनोज यादव, स्थायी कमिटी सदस्य विजय यादव निर्विज, आम विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साह, आईटी आर्मीका केन्द्रीय सदस्य रामशरण यादव, लगायत दर्जनौं युवा तथा स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।






