गाँजासहित वडासदस्य पक्राउ

[mashshare]

मधेशदृष्टि
महोत्तरी ।
लागु औषध गाजाँसहित महोत्तरीमा वडा सदस्य पक्राउ परेका छन् । लागु औषध गाँजासहित एक जना वडा अध्यक्ष र अर्का एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भंगाहा नगरपालिका ६ बस्ने ३२ वर्षीय कलाम अंसारी र बर्दिवास नगरपालिका १० का ४० वर्षीय पदम स्याङ्दन रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका अंसारी भंगहा नगरपालिका वडा नम्बर ६ का वडासदस्य हुन् ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार बर्दिबास नगरपालिका १४ स्थित ट्राईल सेन्टर छेउबाट ईलाका प्रहरी कार्यालय बर्दिवासको टोलिलाई देख्नासाथ परिचय नखुलेको ३ जना पुरुषले बोकी ल्याएको सेतो रंगको प्लाष्टिकको बोरा मकै बारीमा फालेर भागेका थिए ।

बोरामा २० किलो ९७४ ग्राम बरामद भएको थियो । खोजतलासको क्रममा २ जनालाई पक्राउ गरी जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button