
मधेशदृष्टि
वीरगंज ।
पर्साका विभिन्न दलित बस्तीका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । गणेश उज्जन भुवन स्मृति प्रतिष्ठान लाजिम्पाट काठमाडौँका अध्यक्ष सावित्री श्रेष्ठ लामाले सामुदायिक विद्यालयमा अध्यनरत अति विपन गरिब, जेहन्दार मुसहर, दुशाद, चमार जातीका एक सय ६० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको संस्थाका प्रतिनिधि गणेशमान लामाले जानकारी दिए ।
बालबालिकाहरुलाई स्टेशनरी सामान, स्कुल जुता, चप्पलका साथै फलफूल लगाएत अन्य खाद्यान्न समेत वितरण गरिएको जनाएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ पथलवाघटका ८० जना दलित बालबालिका र सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर १ सिधपुरका ८० जना दलित छात्रछात्रालाई वितरण गरेको संस्थाका पर्सा संयोजक हरि प्रसाद यादवले बताए ।
आयोजित कार्यक्रमा गणेश उज्जन भुवन स्मृति प्रतिष्ठान लाजिम्पाट काठमाडौँका अध्यक्ष सावित्री श्रेष्ठ लामा र सदस्य गणेशमान् लामा र जापानबाट शिक्षा क्षेत्रमा सहयोग गर्ने चाइल्ड सर्पोट संस्थाका अध्यक्ष स्युन, सदस्यहरु युहो, आचुसी, पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ का वडा प्रतिनिधि शिवशंकर यादव, स्थानीय पत्रकार प्रमोद यादव, चिरन्जीवी यादव, अनुगमन सहभागी रहेको संस्थाका पर्सा संयोजक यादवले बताए । वनदेवी आधारभूत विद्यालय भतौडा, पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ पर्सामा अध्यनरत अति विपन गरिब, जेहन्दार मुसहर, दुशाद, चमार जातीका बालबालिकाहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न र शिक्षामा दलितको पहुँच बढाउन विद्यालयमा पुगेर अनुगमन गरेका छन् । टोलीद्वारा अनुगमन गर्दा विद्यार्थी अनुपातमा शिक्षकको अभाव रहेको र दुई जना शिक्षकको भरमा तीन सय जना बालबालिका अध्यनरत रहेको उनीहरुको भनाइ छ ।
विद्यालयमा प्रविधि मैत्री वातावरणमा पढाउन र विद्यालयको अन्य शैक्षिक क्रियाकलाप अनलाइन गर्न कम्प्युटर ल्यापटाप, प्रीन्टर आवश्यक रहेको अनुगमनबाट खुलिएको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ का वडा प्रतिनिधि शिवशंकर यादवले बताए । विद्यालयका प्रधानाध्यापक सुभाष प्रसाद दासका अनुसार शिक्षकको अभाव रहेको र प्रविधिमैत्रीपूर्ण वातावरणमा शिक्षण गराउन वातावरण नरहेकोले आफूले सरोकारवाला निकायमा जानकारी गराउँदा समेत सुनुवाई नभएको गुनासो गरे । त्यसक्रमा चाइल्ड सर्पोट संस्थाका अध्यक्ष स्युन लगायतका प्रतिनिधिले बस्तीको वास्तविक आवश्यकतालाई पहिचान गरी जापानटबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त टोलीले पर्साको वीरगंज महानगरपालिकाको वडा नम्बर २३, प्रसौनी, ईटियाही २२, मनियारी २०, हरपतगंज र लक्ष्मीपुरका दलित बस्तीमा अनुगम गरेको थियो । पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ का पाहुन माझीको घरमा आगलागी भएकोले निजलाई गणेश उज्जन भुवन स्मृति प्रतिष्ठान लाजिम्पाट काठमाडौँका अध्यक्ष सावित्री श्रेष्ठ लामाले खाद्यान्नको लागि तीन हजार रुपैयाँ आर्थिक सहयोग गरेकी थिइन् ।






