
मधेशदृष्टि
वीरगंज ।
प्रविधिमैत्री शिक्षक समाज नेपाल (एसटिएफटी) गण्डकी प्रदेशले शिक्षकलाई आट्रिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगसम्बन्धी तालिम दिइएको छ । प्रविधिमैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशको आयोजनामा देशभरका करिब ८० जना शिक्षकहरूलाई प्रतिनिधिमूलक ढंगले शिक्षामा नयाँ प्रविधि कृत्रिम बौद्विकता आट्रिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगसम्बन्धी एक दिने तालिम दिइएको हो ।
प्रविधिमैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेश सचिव संविधान लामिछानेले र गुगलका बिज्ञ तथा प्रशिक्षक शुसील उप्रेतीको सहजिकरणमा गण्डकी प्रदेशस्थित शैनिक आवासीय माहा विद्यालय पोखरा–११ फुलवारिमा तालिम सम्पन्न भएको हो । प्रविधिमैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशका अध्यक्ष श्रीकान्त पौडेलको अध्यक्षता एवम् समाजका केन्द्रीय अध्यक्ष भुपति बस्यालको प्रमुख आतिथ्यतामा तालिम भइरहेको छ।उक्त तालिममा समाजका केन्द्रीय उपाध्यक्ष नविन कडेल, केन्द्रीय सचिव हरिहर दाहाल, केन्द्रीय कोषाध्यक्ष छवि धमला, केन्द्रीय प्राविधिक समिति संयोजक घनश्याम अधिकारी, बागमती प्रदेश अध्यक्ष जीवन तिमल्सिना गण्डकी प्रदेश सचिव श्रीकृष्ण आचार्य, नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्रदेश अध्यक्ष रोमहर्सन पौडेललगायतको उपस्थिति रहेको थियो ।
उक्त तालिम पछि समाजको सबै जिल्ला तथा प्रदेशमा समेत भौतिक र भर्चुअल माध्यमबाट तालिममा सहभागी प्रतिनिधिहरूबाट तालिम सञ्चालन गरिने समाजका केन्द्रीय महासचिव देवीप्रसाद शर्माले बताए । लामो समयदेखि यस संस्थाले शिक्षकहरूलाई प्रविधि सम्बन्धी तालिम दिदै आएकोले पछिल्लो एआईको प्रयोग सम्बन्धी तालिमलाई समेत महत्वपूर्ण रुपमा हेरिएको छ ।






