इलाम र बझाङ दुवै क्षेत्रमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा १ (१) मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार इलाम र बझाङमा उम्मेदवारी दिने निर्णय गरे पनि उम्मेदवार टुंगो लाग्न भने बाँकी छ ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गत मंगलबार धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले बझाङको उम्मेदवार चयन गर्न सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १६ र १७ चैतमा बोलाएको छ ।

इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवास नेम्वाङको गत भदौ २५ गते निधन भएकाले र बझाङ प्रदेशसभा १ (१) बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते निधन भएपछि ती दुवै क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button