मन्त्री एक, मन्त्रालय तीन

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
नेकपा एमाले संसदीय दलका नेता एवम् भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ । सोमबार मात्रै भौतिक पूर्वाधार मन्त्रीका रुपमा शपथ लिएका यादवलाई मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गृह, सञ्चार तथा कानुन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत कार्यभार सम्हाल्ने गरी तोकेको प्रदेश प्रमुखको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मधेश प्रदेश सरकारमा नेकपा एमालेले चार मन्त्री र एक राज्य मन्त्री दाबी गरिरहेको छ । तर अहिलेसम्म राजनीतिक दलहरुबीच सहमति भइसकेको छैन । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसले छाडेको मन्त्रालय तत्काल लिन र बाँकी रहेका मन्त्रालयका विषयमा सत्तागठबन्धन भित्र छलफल गरेर टुंग्याइने जानकारी दिइरहेको अवस्थामा नेकपा एमालेभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाई भइरहेको छ ।

पार्टी स्रोतका अनुसार, राजकुमार लेखी, शत्रुधन सिंह कोइरी, लखन दास र मो.समिरको नामसमेत मन्त्री हुने चर्चामा छ । त्यसैगरी, महोत्तरीबाट दुईपटक निर्वाचित शारदा थापालाई समेत मन्त्री बनाउन पार्टी नेतृत्व पंक्तिमा उतिकै दबाब छ । एमालेमा सहमति नहुँदै संसदीय दलका नेतालाई भने तीन मन्त्रालयको जिम्मेवारी दिएर बजेट चलाउँदै गर्न मुख्यमन्त्रीले छुट दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button