अब कलैयाबाट लाइसेन्स वितरण हुने

[mashshare]

मधेशदृष्टि
कलैया ।
यातायात व्यवस्था कार्यालय बाराले अब कलैयाबाट सवारी अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने भएको छ । २०८० मङ्सिर २५ मा कार्यालय स्थापना भएसँगै पहिलो पटक लाइसेन्स दिने काम अगाडी बढेको छ । मधेश प्रदेश यातायात व्यवस्था कार्यालय कलैयाबाट लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढाएको कार्यालय प्रमुख नवाज हुसैनले जानकारी दिए ।

यस अघि सवारी दर्ता, लाइसेन्स नवीकरणको काम मात्रै हुने गरेकोमा अब लाइसेन्स नै वितरणको जिम्मेवारी पाएको कार्यालय प्रमुख हुसेनले बताए । उनका अनुसार अब मोटरसाइकल, स्कुटरदेखि जिप, कार, अटो रिक्सा ट्याक्टर जस्ता हलुका सवारी साधनको लाइसेन्स वितरण गर्ने अधिकार कार्यालयले पाएको बताए । अधिकार पाएसँगै लाइसेन्सका लागि फाराम खुल्ला भइसकेको पनि उनले जानकारी दिए । अब धमाधम लाइसेन्स वितरणको कार्य सुरु हुने उनको भनाई छ ।

लाइसेन्स वितरणका लागि आवश्यक पूर्वाधारसमेत कार्यालयले निर्माण गरिसकेको हुसेनले बताए । कार्यालय नजिकै रहेको गङ्गापुर ३ स्थित ‘सवारी ट्रायल सेन्टर’ निर्माण भइसकेको छ । नेपाल सरकारलाई कुनै भार नपर्ने गरी सवारी ट्रायल सेन्टर सञ्चालनमा आएको कार्यालय प्रमुख हुसेनले बताए । सुरुमा हलुका सवारीको लाइसेन्स वितरण गर्ने र बिस्तारै सबै खाले वितरण गर्ने नीति लिइने उनको भनाई छ । यसअघि यातायात कार्यालय बारालाई लाइसेन्स वितरणको अधिकार नहुँदा जिल्लाका हजारौँ सेवाग्राही वीरगंज पुग्नुपर्ने बाध्यता हटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button