ओली र दाहालद्वारा नेपाललाई सरकारमा आउन प्रस्ताव

[mashshare]

मधेशदृष्टि
काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीलाई नेकपा एमालेसहितको गठबन्धनमा सहभागी हुन औपचारिक प्रस्ताव भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको निवासमा मंगलबार साँझ भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा सहभागी हुन औपचारिक प्रस्ताव गरेका हुन् ।

प्रस्तावलाई नेपालले सकारात्मक रुपमा लिएको र बुधबार बस्ने एकीकृत समाजवादीको बैठकमा छलफल गरेर उपयुक्त निर्णय लिने नेपालले ओली र प्रचण्डलाई बताए । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले सकारात्मक जवाफ आएको बताए । भेटमा सहभागी एमाले महासचिव शंकर पोखरेलले आफूहरूले गठबन्धनमा सहभागी हुन अनुरोध गर्दा नेपालले पार्टीको बैठक बसेर निर्णय लिने जवाफ दिएको बताए । नेपाल निवासमा ओली, प्रचण्ड र नेपालसहितका नेताहरूबिच करिब २ घण्टा छलफल चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button