मकवानपुर क्याम्पसका विद्यार्थीले गरे नेपाल टप

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
मकवानपुर बहुमुखी क्याम्पसका बीबीएका विद्यार्थीले उत्कृष्ट नतिजा प्राप्त गर्दै, नेपाल टप गरेका छन् । यसै बिच क्याम्पसले खुसीयाली र्यालीको आयोजना गर्दै विद्यार्थीको सम्मान र बधाई कार्यक्रम सम्पन्न गरेको छ । त्रिभुवन विश्वविद्यालयले गत बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार नेपाल भरीकै पहिलोदेखि नौ स्थानसम्म मकवानपुर बहुमुखी क्याम्पसकै विद्यार्थीले अग्रता हासिल गरेका हुन् ।

पाँचौ सेमेस्टरमा ३३ जना बिधार्थीले परीक्षा दिएका थिए भने परिक्षामा सहभागी सबै विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् । मकवानपुर बहुमुखी क्याम्पसका निर्देशक मधुकुमार सिंहले क्याम्पसले बीबीए र बीबीएम कार्यक्रममा निरन्तर उत्कृष्ट नतिजा हासिल गरिरहेको बताए । मकवानपुर बहुमुखी क्याम्पसकी इरा लामा, ईशा श्रेष्ठ, क्रिष्टिना दाहाल, सैय्यद अतिफा हसन र सैय्यद अफिफा हसनले ४ जीपीए ल्याएका हुन् ।

पहिले पनि मकवानपुर बहुमुखी क्याम्पसले उत्कृष्ट नतिजा हासिल गरेको फलस्वरुप र्याली निकालिएको थियो । विद्यार्थी र शिक्षकको मेहनत र परिश्रमको परिणाम स्वरुप क्याम्पसले उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको क्याम्पस प्रमुख डा. शंकर उपाध्यायको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button