मधेशका ६६ स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा सहभागी नै भएनन्

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
मधेशका ६६ स्थानीय तहले वित्तीय अनुशासन कायम नगर्दा स्थानीय तहको विकास बजेट दाबी कमजोर बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा देशभरका १ सय ९९ स्थानीय तह नपर्दा मधेशका ६६ स्थानीय तह छन् । मधेशका १ सय ३६ स्थानीय तहमा झण्डै आधाजस्तो अर्थात् ६६ स्थानीय तह यसरी विकास बजेटमा कमजोर दाबी गर्ने अवस्थामा पुगेका हुन् । विकासमा मधेश पछि परिरहँदा वित्तीय अनुशासनमा पनि धेरै स्थानीय तहको अवस्था कमजोर देखिएको हो ।

मन्त्रालयका अनुसार, एफआरएमा नपरेका स्थानीय तहको समानीकरण हुने बजेट तलमाथि हुने सम्भावना हुन्छ । जिल्ला समन्वय समितिमार्फत हरेक वर्ष मन्त्रालयले एफआरए गर्ने गर्दछ । यो वर्ष ५ सय ५४ पालिकाको मात्र एफआरए नतिजा प्रकाशन भएको छ । १०० नम्बरको मूल्याङ्कनमा यो पटक उच्चतम ९९ र न्यूनतम १६ अंक दिइएको थियो । यसमा सबैभन्दा बढी अंक बागमती प्रदेशको चितवनको खैरहनीले पाएको छ । यस्तै, सबैभन्दा कम अंक मधेश प्रदेशको रौतहटको बौधीमाई नगरपालिकाले ल्याएको छ ।

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा समावेश नभएका स्थानीय तहहरुले विकास बजेट नै नपाउने त होइन तर समानीकरणमा पाइने बजेटमा भने दाबी कमजोर हुने देखिएको छ । आर्थिक संकट भोगिरहेको सरकारले यसका आधारमा स्थानीय तहलाई बजेट कम पठाउन या रोक्का गर्नसमेत आधार एफआरए हुनसक्ने मन्त्रालयले जनाएको छ ।

मूल्याङ्कनमा नपरेका मधेशका पालिकाहरूः
१. सप्तरीः
क. अग्निसाइर कृष्णसवरन गाउँपालिका
ख. बलानबिहुल गाउँपालिका,
ग. राजगढ गाउँपालिका,
घ. बिष्णुपुर गाउँपालिका
ङ. छिन्नमस्ता गाउँपालिका
च. डाक्नेश्वरी नगरपालिका,
छ. हनुमाननगर कङ्कालिनी नगरपालिका
ज. खडक नगरपालिका,
झ. महादेवा गाउँपालिका
ञ. राजविराज नगरपालिका
ट. रुपनी गाउँपालिका
ठ. सप्तकोशी नगरपालिका
ड. तिलाठी कोईलाडी गाउँपालिका
ढ. तिरहुत गाउँपालिका

२. सिरहा
क. अर्नमा गाउँपालिका
ख. औरही गाउँपालिका
ग. बरियारपट्टी गाउँपालिका
घ. भगवानपुर गाउँपालिका
ङ. गोलबजार नगरपालिका
च. कल्याणपुर नगरपालिका
छ. कर्जन्हा नगरपालिका
ज. लक्ष्मीपुर पतारी गाउँपालिका
झ. नवराजपुर गाउँपालिका
ञ. सखुवानान्कारकट्टी गाउँपालिका
ट. सिराहा नगरपालिका
ठ. सुखीपुर नगरपालिका

३. धनुषाः
क. औरही गाउँपालिका
ख. क्षिरेश्वरनाथ नगरपालिका
ग. धनौजी गाउँपालिका
घ. धनुषाधाम नगरपालिका
ङ. गणेशमान चारनाथ नगरपालिका
च. हंसपुर नगरपालिका
छ. कमला नगरपालिका
ज. लक्ष्मीनिया गाउँपालिका
झ. सबैला नगरपालिका
ञ. शहीदनगर नगरपालिका

४. महोत्तरीः
क. भँगाहा नगरपालिका
ख. जलेश्वर नगरपालिका
ग. लोहरपट्टी नगरपालिका
घ. महोत्तरी गाउँपालिका
ङ. सोनमा गाउँपालिका

५. सर्लाहीः
क. चक्रघट्टा गाउँपालिका
ख. धनकौल गाउँपालिका
ग. गोडैटा नगरपालिका
घ. हरिपुर्वा नगरपालिका
ङ. ईश्वरपुर नगरपालिका
च. कविलासी नगरपालिका
छ. कौडेना गाउँपालिका
ज. पर्सा गाउँपालिका
झ. रामनगर गाउँपालिका

६. रौतहटः
क. वृन्दावन नगरपालिका
ख. चन्द्रपुर नगरपालिका
ग. देवाही गोनाही नगरपालिका
घ. गढीमाई नगरपालिका
ङ. गरुडा नगरपालिका
च. गुजरा नगरपालिका
छ. कटहरिया नगरपालिका
ज. मौलापुर नगरपालिका
झ. राजपुर नगरपालिका
ञ. यमुनामाई गाउँपालिका

७. पर्साः
क. वीरगंज महानगरपालिका
ख. धोबिनी गाउँपालिका
ग. जिराभवानी गाउँपालिका
घ. कालिकामाई गाउँपालिका
ङ. पटेर्वा सुगौली गाउँपालिका
च. ठोरी गाउँपालिका

१० मा ६ मधेशका पालिका
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा सबैभन्दा न्युनतम अंक ल्याउने देशभरका १० पालिकामा पनि ६० प्रतिशत अर्थात् ६ पालिका मधेशकै परेका छन् ।
१. रौतहटः बौधीमाई नगरपालिका
२. बाराः सिम्रौनगढ नगरपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका
३. रौतहटः फतुवा विजयपुर नगरपालिका र परोहा नगरपालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button