
मधेशदृष्टि
वीरगंज ।
चिनिया महत्वाकांक्षी परियोजनाका रुपमा रहेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआइ) परियोजना मुलुकको लागि ऋणजाल भएको भन्दै पोखरामा प्रदर्शन गरिएको छ । राष्ट्रिय एकता अभियान, पोखराले ऋणमुक्त र स्वाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि आइतबार पोखरामा सचेतना र्याली निकाल्दै प्रदर्शन गरेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चिनिया ऋण अनुदानमा परिणत मागसहित निकालिएको र्याली पोखराको सभागृह अगाडिबाट सुरु भइ नगरपरिक्रमा गरी पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । अभियानका केद्रीय सदस्य ईश्वर लामाको नेतृत्वमा गरिएको बिरोध प्रदर्शनमा पोखरा विमानस्थललाई ऋणजालबाट मुक्त गर, विमानस्थल पूर्णरुपले संचालन गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, बिआरआई ऋणलाई अनुदानमा परिणतलगायतका नारा लगाइएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै अभियानका केन्द्रीय संयोजक विनय यादवले अप्रत्यासित रुपमा बढेको चिनिया सक्रियताले मुलुकको राष्ट्रिय स्वाधिनता खतरामा परेको आरोप लगाए । आर्थिक सहयोगको बहानामा देखिएको चिनको सक्रियता र सहयोग दुबैले नेपाल र नेपाली जनताको भविष्य खतरामा पर्ने जोखिम बढेको संयोजक यादवको भनाइ थियो । साथै, उनले चिनियाँ सेना पोखरा ल्याउने खेल भइरहेको आंशका गर्दै राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्न अहिलेको आवश्यकता भएको जिकिर गरे ।
कोणसभालाई सम्बोधन गरेको अन्य वक्ताहरुले पनि राष्ट्रिय एकता, विकास र समृद्धिका लागि भनेर नेपालले चिनसँग गरेको बिआरआई सम्झौता तत्काल खारेजीको माग गरे । उनीहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्ययभारबाट भविष्यमा मुलुकलाई ठूलो आर्थिक नोक्सानी हुने भन्दै अहिले नै सचेत हुन आग्रहसमेत गरे । साथै, तराई मधेशमा बढ्दो चिनिया सक्रियताका बारेमा मधेश सरकारका मन्त्रीलगायत सबै नेताहरु चनाखो हुनुपर्ने वक्ताहरुको भनाइ थियो ।








