परिक्रमा क्षेत्रमा मासुमदिरा निषेध

[mashshare]

मिश्रीलाल मधुकर
जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकाले परिक्रमा क्षेत्रमा पशुपंक्षी हत्या, मासु, माछा, अण्डा र मदिरा बिक्री वितरणमा रोक लगाउन आदेश जारी गरेको छ । नगर प्रमुख मनोजकुमार साहले हस्ताक्षर गरेको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जनकपुरधाम उद्योग वाणिज्य संघ, जनकपुरधाम उपप्रमुख कार्यालय, नेपाल पत्रकार महासंघ धनुषा र उद्योग वाणिज्य संघ जनकपुरधामलाई बोधार्थ पठाइएको छ । यो नियम उल्लंघन गर्नेलाई सजाय हुनेछ ।
परिक्रमा क्षेत्रमा मासु तथा मदिरा बिक्री वितरणमा रोक लगाएको घोषणालाई जनकपुरवासीले स्वागत गरेका छन् । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव, उत्तराधिकारी महन्त रोशनदास वैष्णव, मटिहानी उत्तराधिकारी महन्त डा. रविन्द्रदास वैष्णव, सुन्दर सदनका महन्त नवलकिशोर शरण, नागरिक समाज, नेपाल हिन्दू स्वयम्सेवकलगायत सम्पूर्ण मठमन्दिरका साधुसन्त, हिन्दू स्वयम्सेवक संघ नेपाल, विश्व हिन्दू परिषद् र अन्य संगठनका पदाधिकारीले यो निर्णयको स्वागत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button