बैंक खाताको रकम चोर्ने तीनजना पक्राउ

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।

अरूको बैंक खाताबाट रकम चोरी गर्ने गिरोहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। गौर–४ का २५ वर्षीय को जितेन्द्र गिरी , वडा ७ वर्ष ३७ को दीपेन्द्र कुमार साह र गुजरा–६ घर भई चन्द्रपुर नगरपालिका–१० बस्ने ४२ वर्षीय राजकुमार साह रहेको एसपी महेन्द्र कुमार श्रेष्ठले बताए । उनीहरूले छुट्टाछुट्टै चारजनाको बैंक खाताबाट २४ लाख रुपैयाँ भन्दा बढी रुपैयाँ चोरेको अनुसन्धानमा खुलेको श्रेष्ठले जानकारी दिए । उनीहरूमाथि ठगी तथा किर्तेलगायतका मुद्दा दर्तागरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

गौर–४ का जयप्रकाश राय चनौको एनआईसी एसिया र माछापुच्छे बैंकको खाताबाट असार २९ गतेदेखि पटकपटक १२ लाख ४६ हजार ४ सय ४० रुपैयाँ झिकेको पाइएको छ ।

यस्तै, गौर–७ का मिश्रीलाल साहको राष्ट्रिय वाणिज्य बैंक गौरमा रहेको खाताबाट असार २० गतेदेखि पटकपटक पाँच लाख रुपैयाँ, गौर–२ महादेवपट्टीका विजय किशोर झाको राष्ट्रिय वाणिज्य बैंकको खाताबाट कार्तिक २९ गते ८० हजार रुपैयाँ, चन्द्रपुर–९ का कृष्ण प्रसाद तिमल्सिनाको राष्ट्रिय वाणिज्य बैंकको चन्द्रनिगाहपुरमा रहेको खाताबाट कार्तिक ३० गतेदेखि पटकपटक ६ लाख ११ हजार २ सय ८ रुपैया ५७ पैसा निकालिएको थियो ।

विभिन्न काल्पनिक व्यक्तिको नाममा सीमावर्ती भारत बिहारको घोडासहनमा गई किर्ते नक्कली नागरिकता तथा सवारी चालक अनुमति पत्र बनाई कागजातबाट सिमकार्ड निकाली विभिन्न खल्ती तथा विभिन्न बैंकमा खाता खोली मोबाइल बैंकिङमार्फत पीडितको खातामा अनधिकृतरुपमा पहुँच पुर्याई रकम चोरी गरेको घटना अनुसन्धानबाट पुष्टि भएको रौतहट प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।

एसपी श्रेष्ठका अनुसार गिरोहले खास गरेर अवकाशप्राप्त कर्मचारी र जेृष्ठ नागरिक, अशक्तलाई टार्गेट बनाउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button