बटेश्वरनाथ मन्दिरको तदर्थ समिति गठन

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ मा रहेको जिराभवानी बाबा बटेश्वरनाथ मन्दिरको तदर्थ समिति गठन भएको छ । जिराभवानी बाबा बटेश्वरनाथ मन्दिरको संरक्षणका लागि प्रभु दास चौधरीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

तदर्थ समितिको उपाध्यक्षमा प्रकाश थारु, सचिवमा बैजनाथ प्रसाद पटवारी, सहसचिवमा लहवर राम र कोषाध्यक्षमा विजय महतो थारु रहेका छन् । त्यस्तै, सदस्यमा महेन्द्र दास थारु, अनिरुद्र महतो, हरिकिशोर शर्मा, उर्मिला देवी, रुकमणि देवी र सुगान्धि देवी छन् । जिराभवानी बाबा बटेश्वरनाथ मन्दिरको विधान दर्ताका लागि तदर्थ समितिलाई जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button