मौलापुरमा आगलागीबाट ५ चौपायाको जलेर मृत्यु, लाखौँ क्षती

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।
रौतहटको मौलपुर नगरपालिकाको छुट्टाछुट्टै दुईवटा वडामा भएको आगलागीबाट पाँच वटा गोठ जलेर नष्ट भएका छन् भने गोठमा रहेका चौपायाको जलेर मृत्यु भएको छ। आगलागीबाट चार लाख रुपैयाँ बढीको क्षती भएको छ । मौलापुर ६ पथरा बुधरामस्थित त्रिभुवन रामको गोठमा गएराती साढे १० बजे अचानक भएको आगलागीबाट गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ। गोठमा रहेको एउटा भैँसी र चार बाख्राको जलेर मृत्यु भएको घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर कुशल बर्तौलाले जानकारी दिए ।

आगलागी बाट रामको चार लाख रुपैयाँ बराबरको क्षती हुन प्रहरीले जनाएको छ। गाउँले र प्रहरी मिलेर आगलागी नियन्त्रणमा लिएको थियो। त्यसैगरी मौलापुर ३ गम्हरियामा गएराती ११ बजे भएको आगलागीबाट तीनवटा गोठ जलेर नष्ट भएको छ। स्थानिय कामेश्वर प्रसाद, चौठी बैठा, साहेब बैठा र भरोस बैठाको गोठ जलेर पुर्णरुपमा नष्ट भएको छ। आगलागीबाट तीनैजनाको गरी १० लाख रुपैयाँ बराबरको क्षती भएको छ । घटनालगतै ईलाका प्रहरी मौलापुरका प्रमुख इन्स्पेक्टर कुशल बर्तौलाको कमाण्डमा गएको टोली र गाउँले मिलेर गौरबाट आएको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो।

आगलागीको कारण खुल्न नसके पनि लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएर भएको हुनसक्ने प्रहरीको अनुमान छ। आगलागी लगत्तै घटनास्थल गमहरिया पुगेकी मौलापुर नगर प्रमुख रिनाकुमारी साहले आगलागीको कारण पता लगाउन र पीडित परिवारलाई तत्काल सहयोग गर्न सम्बन्धित निकायसंग माग गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button