कार्तिक पूर्णिमा स्नानका लागि लालबकैया, बाग्मती नदीमा भक्तजन, भूतमेलामा सहभागी उस्तै

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।

कार्तिक पूर्णिमाको अवसरमा लालबकैया र बागमती नदीमा सोमबार बिहानैदेखि स्नान गर्नेको घुँईचो लागेको छ । पूर्णिमाको अवसर पारेर स्थानीय कटहरिया, मौलापुर, देवाहीगोनाही नगरक्षेत्रअन्तर्गत लालबकैया नदीको विभिन्न घाट र गढीमाई, राजदेवी नगरक्षेत्रअन्तर्गत बागमती नदीको विभिन्न घाटमा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको थियो ।

त्यसैगरी, कमला नदीमा स्नानका लागी यहाँ बाट सैयौँ मानिस त्यहाँ पुगेका छन् । बिहान सूर्य नउदाउँदै लालबकैया,बाग्मतीलगायत विभिन्न नदीमा कमला नदीमा स्नानका लागि भिड लागेको छ । त्यसैगरी, रौतहटको कटहरियालगायत विभिन्न पालिकाबाट धामीझाँक्रीको पहलमा धनुषाको कमला नदीमा पूर्णिमा स्नान गर्न र भूतमेलामा सहभागी हुन सैयौँ मानिस (कारणी) त्यहाँ पुगेका छन् । कार्तिक महिनाको पूर्णिमालाई कार्तिक पूर्णिमा, त्रिपुरोत्सव पूर्णिमा र कार्तिकस्नान पनि भनिन्छ।

धर्मशास्त्रअनुसार कार्तिक पूर्णिमाका दिनमा गंगा स्नान गर्नुको विशेष महत्व छ। आज पूर्णिमाका दिन नदी जलाशयमा स्नान, पछि दान गर्नाले मानव जुनीबाट मुक्ति पाउने जनविश्वास छ । कार्तिक महिना हिन्दू महिनाको १२ महिनामध्ये सातौँ महिना महिना हो । सौर्यमास प्रणालीअनुसार कार्तिक महिना तुला सक्रान्तितको दिनदेखि सुरु हुन्छ । चन्द्रमासका अनुसार कार्तिक महिना कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट सुरु हुन्छ । तर शाक्यपञ्चांगअनुसार भने कार्तिक महिना तुला सक्रान्तिको ५ दिनपछि सुरु हुन्छ । नेपालमा सौर्यमासलाई नै व्यवहारमा ल्याइएको छ। यो महिना शरद ऋतुको दोस्रो महिना हो । अंग्रेजी महिनाको अक्टोबरको आधा महिना र नोभेम्बरको आधा महिना कार्तिक महिनामा पर्छ । प्राचीन हिन्दूपरम्परा र मान्यताअनुसार कार्तिकक महिनामा कुनै पनि देवकर्म गर्न नमिल्ने र गरिहाले उल्टो फल प्राप्त हुने जनविश्वास छ । यसैकारण कार्तिक महिनामा शुभविवाहहरु र विशेष पूजा आजा गर्न नमिल्ने कुरा हिन्दू अभिलेख र ग्रन्थमा उल्लेखित छ । कात्तिक महिनामा कार्तिक स्नानको ठूलो महत्व छ। यो महिनामा खास गरेर स्नान, दानका कार्य गर्न सकिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि सुरु हुन्छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास छ । धनुषा र सिराहाको सीमा भएर बग्ने कमला नदीमा आज भूतमेला लागेको छ ।

कात्तिक पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाग्ने भूतमेलामा एकाबिहानैदेखि कमला स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ । आइतबार साँझ घरबाट धामीझाँक्रीसहित हिँडेका विभिन्न गाउँबासी सिरहा र धनुषाको सिमानामा पर्ने कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, उत्तरबाहिनी, इनर्वालगायतका घाट पुगेका छन् ।
कार्तिक शुक्ल पूर्णिमाको दिन भूत बैताल, देवी देवताको गुहान गर्दा त्यसबाट छुटकारा पाउने कटहरिया नगरपालिकाका–५ धामी सिकिन्दर यादवले बताए ।। धामीझाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै कात्तिक शुक्ल पूर्णिमाको दिन स्नान गर्ने सदियौँको परम्परा भएको र
यो मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ । आजका दिनदेखि नयाँ–नयाँ धामी झाँक्री बन्ने तथा तन्त्रमन्त्रमा सिद्ध पाउने जनविश्वास छ । भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदीको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन् । यो पानी जमिनमा छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामीझाँक्रीहरु बताउँछन् ।

कटहरिया–५ का झाँक्री यादवले मात्र दर्जनौँ कारणीलाई कमला नदी स्नानका लागि लगेका छन्। स्थानीय भाषामा भूतप्रेत लागेका मानिसलाई कारणी भन्ने गरिन्छ । मधेशको गाउँठाउँमा खासगरी अशिक्षित, गरिब, दलित र विपन्न वर्गका महिलापुरुष भूतप्रेत लागेको, बोक्सीले तन्त्रमन्त्र गरेको विश्वासका साथ धामीझाँक्रीको रेखदेखमा कार्तिक पूर्णिमा स्नान गर्न आआफ्नो ठाउँबाट कमला नदीमा जानेगरेको कटहरिया–५ का समाजसेवी दीनानाथ साहले बताए ।

स्थानीय प्रशासनले वास्ता नगरेका कारण हाल रौतहटमा च्याउजस्तै धामीझाँक्री देखिएका छन् । कटहरिया, फतुवा विजयपुरलगायतका पालिकाको विभिन्न गाउँका धामीझाँक्रीले गत दशैँमा भूतप्रेत, तन्त्रमन्त्र लागेकालाई ठीक गरेको भन्दै लाखौँ रुपैयाँ बराबरको खसीबोका र नगद चिराकी दक्षिणास्वरूप लिएको प्रत्यक्षदर्शीहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button