सेक्टर वनद्वारा ४०६ क्युफिट सालको काठ बरामद

[mashshare]

मधेशदृष्टि
रौतहट ।

सेक्टर वन कार्यालय जंगलसैयाले नेपाली नम्बरको पिकअप गाडीमा ठूलो परिमाणमा सालको काठ सहित दुईजना तस्करलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका–८ का बादल सिंह र मकवानपुर, बकैया गाउँपालिका–२ का रबिन ब्लोन रहेको सहायक वन अधिकृत महमद आरिफ हुसैनले बताए ।

धन्सार एरिया राष्ट्रिय वनबाट अवैधरूपमा कटानी गरी प्रदेश २–०३–० ०१ च ५६७१ नम्बरको पिकअपमा लिएर गइरहेको अवस्थामा कामदार सगिर मियाँको कमाण्डमा सशस्त्र प्रहरीसहित गएको टोलीले गुजारा नगरपालिका पशुपति टोल नजिकै मंगलबार नियन्त्रणमा लिएको थियो । गाडीबाट ८० क्युफिट सालको गोलिया काठ बरामाद हुनुका साथै तस्करद्वय सिंह र ब्लोन पक्राउ परेको सहायक वन अधिकृत हुसैनले जानकारी दिएका छन् । काठसहित गाडी र तस्करलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर पठाइएको उनले जानकारी दिए ।

यस आर्थिक वर्षको साउनदेखि सेक्टर वन कार्यालय जंगलसैयाको वन सुरक्षा टोलीले ४ सय ६ क्युफिट सालाको काठ बरामद गरेको वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए । अधिकृत मिश्रका अनुसार तस्करीको माध्यमले काठ ढुवानी गर्न प्रयोग गरिएका ४ थान टायर गाडा, १४ थान साइकल र चारजना तस्कर पक्राउ परेका थिए । चाडपर्वको अवसरमा तस्कहरुले राष्ट्रिय तथा साझेदारी वनबाट अवैध रुपमा काठ कटानी तथा ढुवानी गर्ने गरेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button