
मधेशदृष्टि
वीरगंज ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज मंगलबार पोखरिया आउने भएका छन् । उनी पोखरियामा मध्यान्ह हुने औपचारिक कार्यक्रममा सरिक हुने छन् ।
तालिकाः
आगमनः बिहान १०ः३० बजे, सिमरा
अनौपचारिक भेटघाटः पोखरिया मेयर प्रधुमन चौहानसँग
औपचारिक कार्यक्रमः दिउँसो १२ः३० बजे पोखरिया
कार्यक्रमः हरिनारायण रौनियारलाई एमालेमा प्रवेश गराउने
जसपा नेता तथा पूर्वसांसद हरिनारायण रौनियार जसपा छाडेर नेकपा एमाले प्रवेश गर्ने कार्यक्रमका लागि एमाले अध्यक्ष ओली पोखरिया आउने भएका हुन् ।






