
मधेशदृष्टि
बारा ।
निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने परवानीपुर गाउँपालिका वडा नम्बर १ बुनियादमा चारघरमा रातिको समयमा आगलागी भएर ठूलो धनमालको क्षति भएको छ ।
स्थानीय दिनेश ठाकुर, जादोलाल यादव, राकेश मण्डल तथा राजु ठाकुरको घरमा बुधबार बिहान करिब २ बजे आगलागीबाट ठूलो धनजनको क्षति भएको हो । क्षेत्र नम्बर ४ का सांसद एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले घटनाले अत्यन्तै दुखित बनाएको प्रतिक्रिया दिँदैँ सामाजिक सञ्जालमा लेखेका छन्, ‘घटनाबाट प्रभावितलाई उचित क्षतिपूर्ती उपलब्ध गराउन जोडदार माग गर्दछु ।’







