कालिकामाईमा रक्तदान

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ टिनडोवियामा रक्तदान कार्यक्रम भएको छ । दिपावली तथा छठ पर्वको अवसरमा टिनडोविया युवा क्लबले आयोजना गरेको कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् ।

नेरा आधारभूत विद्यालय टिनडोवियामा भएको कार्यक्रमको शुभारम्भ कालिकामाई गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु प्रसाद बरैले रक्तदान गरेर आरम्भ गरेका थिए । कार्यक्रममा राजन पटेल, भरत साह, रामबहादुर पटेल, ललन पटेल, कृष्णा पटेल, राजु राउत कुर्मी, विनय पटेल, विजय प्रसाद चौरसिया, उपेन्द्र कुमार साह, दिपक कुमार साह, शैलेन्द्र कुमार त्रिपाठी, उमेश प्रसाद चौहान, संजय प्रसाद, सुभाष पटेल, असरफी राउत गद्दी लगायतकाले रक्तदान गरेका थिए ।

क्लबका अध्यक्ष कृष्णा पटेलको अध्यक्षतामा भएको कार्यक्रममा दिव्य विकास स्रोत केन्द्र बिरन्चीबर्वाका अध्यक्ष उमेश चौहान, रक्त सञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डे, कालिका टाइम्सका सम्पादक शम्भु कुमार सुमन, इलाका प्रहरी कार्यालय कालिकामाईका प्रमुख प्रहरी सहायक निरीक्षक विनोद कुमार राउत लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button