‘२५ वर्षपछिको जनकपुर’बारे बहस हुँदै

[mashshare]

निरन्जनकुमार साह
जनकपुरधाम ।

मधेश मानसले जनकपुरधाममा शुक्रबाार एकदिवसीय अन्तक्रिया गर्ने भएको छ ।

मधेशको सामाजिक, राजनीतिक र सांस्कृतिक सम्बन्धमा अध्ययनअनुसन्धानका लागि स्थापित मधेश मानसले छठ पर्वको रमझममा जनकपुरधामको गंगासागर पोखरी डिलमा एकदिवसीय कार्यक्रम गर्न लागेको आयोजक मनोज साहले बताए ।

छठपर्वको नाह्य खाय (नुहाएर चोखो बन्ने) दिनमा संस्थाले २५ वर्षपछिको जनकपुरधाम, मधेश राजनीतिमा देखिएको निराशाभित्रको आशा र छठको सामाजिक तथा सांस्कृतिक महत्वबारे अन्तरक्रिया गरिन लागेको पत्रकार नवीन झाले बताए ।

‘२५ वर्षपछिको जनकपुरधाम’ अन्तरक्रियामा मेयर मनोजकुमार साह, उपमेयर किशोरी साहसहित मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साह र प्रदेश पूर्व नीति आयोग उपाध्यक्ष डा. भोगेन्द्र झा वक्ताका रुपमा रहनेछन् ।

मधेश राजनीतिभित्रको निराशाभित्रको आशा शीर्षकमा मधेश प्रदेशका पूर्वमन्त्री ज्ञानेन्द्र यादवसहित नेतृ विभा ठाकुर, राजनीतिक विश्लेषक राकेश मिश्र र मास संस्थाका संयोजक सरोज मिश्र वक्ता रहनेछन् ।

यस्तै, छठको सामाजिक तथा सांस्कृतिक महत्वबारे प्रसिद्ध लेखक तथा विचारक सिके लालले प्रवचन दिने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ ।

मधेशको सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रबारे अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यले लेखक तथा सामाजिक अभियन्ता मनोज साह, लेखक तथा अभियन्ता अनुज मिश्र र पत्रकार नवीन झाले मधेश मानस संस्था खोलेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button