राष्ट्रिय एकता अभियानद्वारा टिकटक बन्दको स्वागत

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।

राष्ट्रिय एकता अभियानले टिकटक प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयको स्वागत गरेको छ।

चिनियाँ स्वामित्वको एप टिकटकले गलत जानकारी फैलाउन र प्रचार गर्न प्रयोग गरिएको तथा नेपालको लागि सुरक्षा खतरा भएको भन्दै अभियान नेपाल सरकारको सो कदम स्वागतयोग्य रहेको बताएको छ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनेको छ, ‘टिकटकलाई चिनियाँ सरकारको प्रचार र गलत सूचना फैलाउने उपकरण भएको सर्वविदित नै छ । टिकटकले गोपनीयताको हकको उल्लंघन र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने हुनाले विश्वभर आलोचित छ। टिकटकले नेपाली प्रयोगकर्ताको पनि डाटा सङ्कलन गर्ने गरेको थियो।’

अभियानले नेपाल सरकारलाई चिनियाँ प्रभावबाट जोगाउन थप कदम चाल्दै नेपाल लागि सुरक्षा खतरा रहेको अन्य चिनियाँ एपमाथि पनि प्रतिबन्ध लगाउन समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button