
मधेशदृष्टि
वीरगंज ।
समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर ५ स्थित कारागारमा रुँगटा वेलफेयर सोसाइटीको सौजन्यमा र ग्रीनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रीनसिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सहयोगमा वीरगंज कारागारका महिला कैदीबन्दीलाई छठ पर्व लक्षित गरेर साडी वितरण भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमार बिक्रम थापा तथा ग्रीनसिटी समुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, रुँगटा वेलफेयर सोसाइटी वीरगंजका अध्यक्ष सुरेश रुँगटालगायतका समाजसेवी, नागरिक समाजका विभिन्न संघसंस्था, सरकारी, गैरसरकारी संघसंस्था तथा सञ्चारकर्मीको उपस्थितिमा ७२ महिला तथा ७८ जनालाई १ सय ५० थान साडी, गहुँको पिठो १ सय ५० किलो वितरण गरिएको छ ।
कार्यक्रममा प्रहरी निरीक्षक भाष्कर खतिवडा, पुष्कर बोगटी, दिलीप राज कार्की, राकेश अग्रवाल, संजय शर्मा, मुकेश खेतान, सुशिल कदामिया, फुल चंद्र अग्रवाल, बसंत प्रसाद उपाध्याय, अमित भुजेल, संतोष रंजितकार, त्रिलोक चन्द दारुका, कमल चौलागाईंलगायतको उपस्थिति थियो ।







