पुलिस र सेना दुवैको उपाधि जित्ने दाबी

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

प्रथम वीरगंज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेका दुवै प्रतिस्पर्धी टिमले यसपटक उपाधिी जित्ने दाबी गरेका छन । शनिबार दिउँसो २ बजे हुने प्रथम वीरगंज गोल्डकप फुटबल प्रतियोगीताको उपाधि फाइनलमा पुगेका त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित्ने दाबी गरेका छन् ।

शनिबार बिहान फाइनल प्रतियोगिताअगावै प्रिपत्रकार सम्मेलनमा टिमको रणनितिअनुसार उनीहरुले उपाधि उचाल्ने दाबी गरे । पत्रकार सम्मेलनमा त्रिभुवन आर्मी क्लबको सहायक कोच चक्र तामाङ्गले सुरुदेखि आर्मी क्लब आक्रामक खेल्ने टिम भएकाले कुनै पनि हालतमा उपाधि जित्ने गरी खेल खेल्ने दाबी गरे । उनले देशका विभिन्न स्थानको उपाधि आर्मी क्लबले जित्दै आएकाले त्यही रणनीतिअनुसार अगाडि बढ्ने बताए । त्रिभुवन आर्मी क्लबका कप्तान नवयुग श्रेष्ठले पनि विगतका दिनमा पनि वीरगंजमा भएको प्रतियोगिताको उपाधि जितेकाले यसपटक पनि विजेता हुने बताए । कप्तान श्रेष्ठले विपक्षी टिम पनि बलियो भएकाले हराउने रणनीतिअनुसार अगाडि बढ्ने बताए ।

नेपाल पुलिस क्लबका कोच चेतन श्रेष्ठले नेपालमा भएका विभिन्न प्रथम गोल्डकप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जित्ने गरेकाले यसपटक जित्नेमा कुनै शंका नरहेको बताए । उनले नेपाल पुलिस क्लब विभिन्न रणनीतिसहित तयारीका साथ प्रतियोगितामा भिड्ने भएकाले कुनै पनि हालतमा उपाधि जित्ने गरी खेल खेलिने बताए । यस्तै, नेपाल पुलिस क्लबका कप्तान राम वाजीले त्रिभुवन आर्मी क्लबलाई हराउने टिमको भूमिका हुने भएकाले सोही अनुसार अगाडि बढ्ने ठोकुवा गरे ।आर्मी क्लबलाई हराउन कोचले बनाएको रणनीतिअनुसार आफूहरु अगाडि बढ्ने र उपाधि उचाल्ने उनको दाबी छ ।

बुधबार भएको पहिलो सेमिफाइनमा नेपाल पुलिस क्लबले आयोजक भेट्रान सिटी क्लबलाई सडेन डेथमा हराएर फाइनल प्रवेश गरेको हो । बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई १–० गोलले हराएर फाइनल पुगेको थियो । मधेश प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगितामा प्रथम हुने क्लबले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र दोस्रो हुने क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँसहित प्रमाणपत्र र सिल्ड पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button