
मधेशदृष्टि
वीरगंज ।
तेली कल्याण समाज नेपाल केन्द्रीय कार्यालय काठमाडौँले बिहीबार वीरगंजमा पत्रकार सम्मेलन गरेर भारतको महाराष्ट्रमा अखिल भारतीय तैलिक साह महासभाका राष्ट्रिय अध्यक्ष जयदत्त क्षीरसागरको घरमा भएको आगजनी तथा तोडफोडको भ्रत्सना गरेको छ ।
समाजले गरेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा कार्तिक १४ गते अर्थात् ३१ अक्टुबरमा अखिल भारतिय तैलिक साह महासभा नयाँ दिल्लीका राष्ट्रिय अध्यक्ष एवम् पूर्वमन्त्री क्षीरसागरको महाराष्ट्रको बिडमा रहेको अवास एवम् कार्यालयमा अज्ञात समूहले मराठा आन्दोलनको आडमा गरेको तोडफोड, आगजनी एवम् पेट्रोल बम प्रहारको घटनाले समाज मर्माहत भएको जनाइएको छ ।
समाजका केन्द्रीय अध्यक्ष विश्वनाथ प्रसाद तेलीद्वारा जारी विज्ञप्तिमा घर तथा कार्यालयमा हमला हुँदा क्षीरसागरको परिवारले मुस्किलका साथ ज्यान बचाएको कुरा उल्लेख गर्दै तेली कल्याण समाज नेपालले घटनाको भ्रत्सना गरेर भारत सरकारसँग दोषीलाई तत्काल गिरफ्तार गरी कारबाही गर्न माग गरेको छ ।

विज्ञप्तिमा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै माग पूरा नभए अखिल भारतीय तैलिक साहु महासभाको समन्वयमा नेपालमा समेत तेली कल्याण समाजले आन्दोलन गर्ने चेतावनी दिइएको छ ।






