हतियारसहित पाँच जना पक्राउ

[mashshare]

मधेशदृष्टि
बारा ।

सिम्रौनगढ नगरपालिका–४ भगवानपुरबाट ५ जना हतियारसहित पक्राउ परेका छन् ।

सिम्रौनगढ–११ भगवानपुरका ४० वर्षीय उपेन्द्र पटेलले घरमा अवैधरुपमा हतियार लुकाइछिपाइ राखेको सूचनापछि खनतलासी गर्दा कालो रंगको पोलिथिन झोलामा सेतो कपडाले बेरेर लुकाइराखेको रिभल्बर र ७ थान गोली तथा नलकटुवा पेस्तोल र १ थान गोली परेको डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

प्रहरीले सिम्रौनगढ–११ भगवानपुरका पटेलसँगै २७ वर्षीय धिरेन्द्र पटेल, ६२ वर्षीय रुपलाल पटेल, रौतहट बौधीमाई–२ का ४४ वर्षीय राजमंगल पटेल र ८० वर्षीय शोभा राउतलाई पक्राउ गरेको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button