स्वर्णकारको दाहसंस्कार

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको मंगलबार बिहान दाहसंस्कार भउको छ । उनको सोमबार हत्या भएको थियो । मंगलबार बिहान स्थानीय पसाहा खोलामा स्वर्णको दाहसंस्कार गरिएको हो । दाहसंस्कारमा स्थानीय १ हजार जतिको सहभागिता थियो ।

यो पनि पढ्नुहोस्ः

२०८० कात्तिक १४ गतेको मधेशदृष्टि दैनिक

स्वर्णकारको हत्याको विरोधमा बाराको कलैया बजार बन्द घोषणा भएको छ । बारा उद्योग वाणिज्य संघको आह्वानमा बजार बन्द भएको हो । यस्तै, बारा शैक्षिक संस्थाहरुले आज शोक मनाउने निर्णय गरेका छन् ।

यो पनि पढ्नुहोस्ः

राधा गुप्ता अर्थात् ‘डार्लिङ’ लेखापाल, एउटा अन्डरग्राउन्ड, अर्कोको काल

सोमबार दिउँसो सवा १ बजे रोजमेरी रेष्टुरेन्टबाट खाजा खाएर स्कुल जाने क्रममा भरतचोक नजिकै मदर्सा चोकमा दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले गोली प्रहार गर्दा घाइते स्वर्णकारको वीरगंजस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारक्रममा निधन भएको थियो ।

यो पनि पढ्नुहोस्ः

शिक्षक हत्याविरुद्ध कलैया बजार बन्द

घटनामा संलग्न आंशकामा प्रहरीले दुई नेपाली र चार भारतीयलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्वर्णकारकै स्कुलमा लेखापाल रहेकी राधा गुप्ता पनि छिन् । अन्यको नाम प्रहरीले खुलाएको छैन । यस्तै, घटनामा प्रयोग भएको दुई वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बारा प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिने तयारी गरेको छ ।

तस्बिरहरु सौजन्यः लोकेश सिंह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button