कात्तिक १८ गते ओली वीरगंज आउने

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

नेकपा एमाले प्रथम मधेश प्रदेश अधिवेशनबाट निर्वाचित प्रदेश कमिटी सदस्यको शपथ कात्तिक १८ गते वीरगंंजमा हुने भएको छ । प्रदेश सदस्यलाइ पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउने कार्यक्रम रहेको एमाले मधेश प्रदेस कमिटी सचिव मनोज पौडेल जानकारी दिए ।

कार्यक्रम व्यवस्थापन एमाले पर्साले गर्ने भएको छ । मधेश प्रदेश कार्यालयको दोश्रो बैठकले यस्तो निर्णय गरेको हो । असोज २४ देखि २७ गतेसम्म चलेको प्रथम अधिवेशनले ५ पदाधिकारीसहित २ सय ३५ सदस्यीय प्रदेश कमिटी सर्वसम्ममत चयन गरेको थियो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य, प्रदेश लेखा आयोगका पदाधिकारी तथा सदस्यलाई सपथ गराइनेछ भने केन्द्रीय सदस्य र केन्द्रीय निकायका सदस्यलाई आमन्त्रण गरिएको छ । कार्यक्रममा पर्साबाट पार्टीका जिल्ला कमिटी सदस्य, पालिका कमिटी सदस्य, जनसंगठनका नेताहरु, प्रदेश तथा जिल्ला कमिटी सदस्यसहित सहभागी गराउने र बाराबाट पनि आवश्यकताअनुसार सहभागी गराउने निर्णय गरिएको सचिव पौडेलले बताए ।

मधेश प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा र पार्टीका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यता सम्पन्न बैठकको सहजिकरण सचिव मनोज पौडेल र स्वागत उपाध्यक्ष बिचारी यादवले गरेका थिए । बैठकमा केन्द्रीय सदस्यहरु प्रभु हजारा,अरबिन्द सिंह, राजकुमार गुप्ता तथा केन्द्रीय सल्लाहकार परिषद सदस्य विजय सरावगी र पर्सा अध्यक्ष डा .विश्वम्भर शर्माको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button