
मधेशदृष्टि
वीरगंज ।
वीरगंज राउन्ड टेबल–३ ले नेपाल राष्ट्रिय गीता गजेन्द्रराज जोशी महाविद्यालयमा शैक्षिक सामग्री र खाजा हस्तान्तरण गरेको छ ।
विद्यालयका एक सय २१ विद्यार्थीलाई शैक्षिक सामग्री र खाजा हस्तान्तरण गरिएको अध्यक्ष अंकुर भांगरले बताए । कार्यक्रम थ्रिल फ्याक्टरीमा भएको हो ।
राउन्ड टेबल ३ ले विभिन्न सादायिक सेवा कार्यअन्तर्गत विद्यालयलाई सहयोग गरिरहेको पब्लिकेसन अफिसर निखिल चाचानले बताए ।







