
मधेशदृष्टि
वीरगंज ।
राउन्ड टेबल नेपाल अन्तर्गत वीरगंज राउण्ड टेबल ३ ले विभिन्न विद्यालयमा सरसफाइका लागि डस्टबिन वितरण गरेको छ ।
वीरगंज राउन्ड टेबल ३ का अध्यक्ष अंकुर भांगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंजस्थित बालमन्दिर विद्यालय, सिन्दुरियामाई प्राथमिक विद्यालय लक्ष्मणवा र पशुपति शिक्षा मन्दिर परवानीपुरलाई डस्टबिन वितरण गरिएको हो । कार्यक्रममा वीरगंज राउन्ड टेबल ३ का पदाधिकारी तथा सदस्यको सहभागिता थियो ।






