
मधेशदृष्टि
जनकपुरधाम ।
जनकपुरधाममा बिहीबारदेखि तीनदिने योग साधना शिविर हुने भएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघको सभाकक्षमा विश्व योगपीठ भारत, बिहार, मुंगेरका योगगुरु शिवराजानन्द सरस्वतीद्वारा योग शिविर आयोजना गरिएको हो । योग शिविर बिहान र साँझ दुई सिफ्टमा सञ्चालन हुने जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अन्बुप्रसाद साहले जानकारी दिए ।






