चुरियामाइमा दुर्घटना, ६ भारतीयसहित सातजनाको मृत्यु

[mashshare]

मधेशदृष्टि
बारा ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट महोत्तरीको लोहारपट्टीका छुटेको मधेश प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति १ बजेको समयमा दुर्घटनामा परेको हो।

दुर्घटनामा चार महिला र तीन पुरुषको मृत्यु भएको र मृत्यु हुनेमा ६ भारतीय नागरिक रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

चालकसहित २७ यात्रु सवार बस चुरियामाई मन्दिरबाट एकसय मिटर दक्षिणमा खसेको छ । दुर्घटनामा घाइते १९ जनको हेटौंडाको चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिए । बसका चालक फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button